×

श्रीलङ्कामा वायुसेनाको हेलिकप्टर जलाशयमा खस्दा ६ सैनिकको निधन

खालीपाना न्युजडेस्क | ५ दिन अगाडि

श्रीलङ्काको उत्तरी मध्य प्रान्तस्थित मादुरु ओया जलाशयमा शुक्रबार बिहान वायुसेनाको हेलिकप्टर दुर्घटनामा परेर ६ जना सैनिकको मृत्यु भएको छ। श्रीलङ्काली वायुसेनाका प्रवक्ता एरान्डा गीगानागेका अनुसार, दुर्घटनाको बेलामा हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार थिए।

दुर्घटनापछि सबै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तीमध्ये ६ जनाको उपचारकै क्रममा निधन भएको जानकारी दिइएको छ भने अन्य ६ जनाको अवस्था गम्भीर रहे पनि उनीहरू अस्पतालमै उपचाररत छन्।

वायुसेनामा हालै भर्ना भएका सदस्यहरूलाई स्वागत गर्न आयोजित विशेष कार्यक्रममा हवाई प्रदर्शनका क्रममा सो हेलिकप्टर खसेको प्रारम्भिक विवरणबाट बुझिएको छ। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको जनाइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *