×

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना : ५ जनाको ज्यान गयो, २ गम्भीर घाइते

खालीपाना न्युजडेस्क | ६ दिन अगाडि

२५ वैशाख, काठमाडौं ।
भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी क्षेत्रमा आज बिहान भएको एक हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

देहरादुनबाट हर्सिलतर्फ उडेको उक्त हेलिकप्टर गंगोत्री नजिकै भागिरथी नदी आसपासको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हेलिकप्टरमा कुल ७ जना सवार थिए।

दुर्घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन भने मृतकको नामसमेत सार्वजनिक गरिएको छैन। घटनाको छानबिन सुरु भइसकेको बताइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित निकायलाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रारम्भिक अनुमानअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। पछिल्ला केही दिनदेखि उत्तराखण्डमा मौसम प्रतिकूल बनेको र सो क्षेत्रमा पानीसहितको हुरी आउने सम्भावना भारतीय मौसम विभागले अघि नै चेतावनी स्वरूप जानकारी गराइसकेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *