×

नागरिक उड्डयन सुधार सम्बन्धी विधेयकमा गम्भीर प्रश्न

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि भइरहेको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाका सांसद मनिष झाले नागरिक उड्डयन क्षेत्रका ज्वलन्त समस्याहरूबारे गम्भीर प्रश्न उठाएका छन्।

छलफलमा भाग लिँदै सांसद झाले पहिलो प्रश्नस्वरूप स्वार्थको द्वन्द्वको विषय उठाए। उनले नागरिक उड्डयन प्राधिकरण र विमानस्थल सञ्चालन प्राधिकरणलाई छुट्याएर दुईवटा निकाय बनाउने प्रस्ताव गरे तापनि दुवै निकायको प्रमुख मन्त्री नै हुने अवस्थामा स्वार्थको द्वन्द्व कसरी टुंगिन्छ भन्ने गम्भीर प्रश्न गरे।

त्यसैगरी, उनले सौर्य एअरलाइन्स दुर्घटनाका पीडितहरूलाई न्याय दिन नसकेको सरकारी प्रतिवेदनप्रति आक्रोश व्यक्त गरे। “दुर्घटनामा परिवार गुमाएका पीडितका आँशुले पोल्दैन र ? कि मन्त्रालयमा गएपछि पीडितका आँशुहरू देखिँदैनन्?” भन्दै उनले सरकारप्रति कटाक्ष गरे।

झाले भिभिआइपी (VVIP) मुभमेन्टका बेला विमानस्थलमा घण्टौँसम्म ‘नो एयरटाइम’ (हवाई आवागमन बन्द) गरिनु आवश्यकताको समेत प्रश्न गरे। “के भिभिआइपीको सुविधाका लागि आम यात्रुहरूलाई यसरी असहज बनाउनु उपयुक्त हो?” भन्दै उनले नीति निर्माण तहमा पुनर्विचार गर्न आग्रह गरे।

त्यस्तै, सांसद झाले पछिल्लो समय बिना अध्ययन र स्पष्ट योजना बनाइएका विमानस्थलहरूको औचित्यमाथि समेत प्रश्न उठाए। “हामीले बनाएका ती विमानस्थलहरूबाट राज्यले के प्राप्त गर्‍यो?” भन्ने प्रश्न गर्दै उनले सरकारी स्रोतको प्रभावकारी उपयोगमा ध्यान दिनुपर्ने तर्क राखे।

उनले प्रस्तुत गरेका यी प्रश्नहरूले नागरिक उड्डयन क्षेत्र सुधारमा गम्भीर बहसको आवश्यकता औंल्याएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.