×

नेपाल बार एसोसिएसनकाे महासचिवमा यज्ञमणी न्याैपानेकाे उम्मेदवारी किन ?

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडाैं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी २३ चैतमा हुँदै छ । देशभर ३६ स्थानमा हुने उक्त निर्वाचनमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको प्यानलबाट महासचिव पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् ।

अधिवक्ता न्यौपाने न्यायपालिकाको सुदृढीकरण, स्वतन्त्रता, मर्यादित कानुन व्यवसायको प्रवर्द्धन तथा नवोदित कानुन व्यवसायीहरूको हकहितका लागि आवाज उठाइरहेको दाबी गर्छन् ।

उनले यसअघि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा बनेको नेपाल बार एसोसिएसनको न्यायालय पुनर्संरचना तथा समग्र विषयमा प्रस्ताव राखी निर्णयमा पुग्ने गरी बनेको समितिमा सदस्य भएर काम गरेका छन् ।

उनी अध्यक्ष रहेको स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट जारी गरेको घोषणापत्रमा न्यायपालिकामा रहेको राजनीतिक हस्तक्षेप अन्त्यका लागि पहिलो चरणका रूपमा न्याय परिषद् ऐन संशोधनका लागि बौद्धिक तथा राजनीतिक पहल गर्ने उल्लेख छ ।

त्यस्तै, उनले नेपाल बारको वास्तविक लोकतन्त्रीकरण गर्ने, नेपाल बार काउन्सिल तथा नेपाल नोटरी पब्लिक परिषद्‌जस्ता सार्वजनिक संस्थाहरूलाई कानुन व्यवसायीहरूको हकहित तथा क्षमता अभिवृद्धिका लागि अधिकतम परिचालन गर्ने, बार र बेन्चका बीचमा सुमधुर सम्बन्ध स्थापना गरी नेपालको न्यायपालिकाको गरिमा पुनर्स्थापित गर्ने, कानुन व्यवसायको व्यावसायिक मर्यादा कायम राख्ने, कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तथा नेपालको कानुन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, नवोदित तथा युवा कानुन व्यवसायीहरूलाई सहज रूपमा कानुन व्यवसायमा स्थापित गर्नेलगायत विषय समेटेका छन् ।

उनकाे घोषणा पत्र यस्ताे छः

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x