×

प्रवासी नेपाली भेटघाट गर्न रास्वपा सांसद गणेश पराजुली अमेरिकाको बिभिन्न शहरमा

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

पौष १६ । काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले यतिखेर देश दौडाहका रुपमा देशै भरि संगठन बिस्तार गर्ने काम गरि रकेकै बीच काठमाण्डौ क्षेत्र नं ७ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा रास्वपाका नेता गणेश पराजुली भने यतिखेर संगठन बिस्तार तथा प्रवासी नेपाली भेटघाट कार्यक्रम अन्तर्गत अमेरिकाका बिभिन्न शहरमा पुग्नु भएको छ। खास गरि परदेशमा रहेर नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका प्रवासीहरुसँग उनीहरुको सल्लाह सुझाव र प्रतिक्रिया लिन पराजुली पौष २६ गते अमेरिका प्रस्थान गर्नु भएको थियो।

अमेरिकाका बिभिन्न शहरहरु टेक्सास, मेरिल्याण्ड, डल्लास, लस एन्जलस, फ्लोरिडा जस्ता शहरमा रहेका प्रवासी नेपालीहरु सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको छ। भेटघाटका क्रममा धेरै नेपालीहरुले रास्वपा सभापति रबि लामिछाने माथि सरकारले गरेको गिरफ्तारी र अनुसन्धान प्रक्रिया बारे समेत प्रश्न गरेका थिए। केहि ले भने आफु रास्वपाको शुभ चिन्तक समेत रहेको भन्दै रास्वपाले दुई दुइ पटक सरकारमा गएर गल्ति गरेको तर्क  समेत व्यक्त गरेका  थिए। अमेरिकामा भएको बिभिन्न कर्यक्रममा बोल्नुहुँदै सांसद पराजुलीले  अमेरिका जस्तो बिकशित देशमा रहेका प्रबासी नेपालीहरुले रास्वपाले गरेको काम नजिक बाटै नियाली रहेको देख्दा आफु खुशी भएको समेत  बताउनु भयो। कार्यक्रममा बोल्नुहुँदै “रास्वपाले गरेका हरेक गतिविधिलाई नजिक बाट नियालेर आफुहरुलाई हौसला, सकारात्मक सुझाव सल्लाह प्रदान गर्दा आफुहरु माथि अझै बढी जिम्मेवारी थपिएको  महसुस भएको छ। ” उहाँले भन्नुभयो।

प्रवासमा रहेको नेपालीहरुले समेत सांसद पराजुलीसँग अन्तरक्रियामा आफ्ना धारणा व्यक्त गर्दै  अबको नेपालको भबिष्य भनेको नै राष्ट्रिय स्वतन्त्र पार्टी रहेकोले जनताको बिश्वास जित्न सक्नेगरी संसदमा आफ्नो उपस्थिति देखाउन र २०८४मा आफ्नै सरकार बनाएर पुराना पार्टीलाई बिस्थापित गर्न सुझाव सल्लाह र शुभकामना समेत दिएका थिए।

अमेरिकामा रहँदा सम्भव भएसम्म बिभिन्न शहरमा पुग्ने र त्यहाँ रहेका नेपालीहरुको रास्वपा प्रतिको धारणा ,उनिहरुको रास्वपा माथिको अपेक्षाबारे छलफल तथा अन्तरक्रिया  गर्ने समेत तयारी रहेको छ। त्यहाँ बसोबास गर्ने बिभिन्न पेशा व्यवसायमा संलग्न विशिष्ट व्यक्ति, राजनीतिज्ञ, ब्यावसायीसँग छलफल तथा भेटघाटको कार्यक्रम सकेर माघको २२ गते नेपाल फर्कने तयारी रहेको जानकारी उहाँका सचिवालयलले खालिपानालाई दिएको  छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *