×

मदन राई बाल यौन दुरूपयोगमा अदालतबाट दोषी ठहर

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

माघ १३ । आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए।

दोषी राई कृषि विज्ञका रूपमा पनि परिचित छन्। यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।
२०८० साल जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x