×

शिक्षामन्त्री भट्टराईलाई गोरखाका शिक्षकहरुको ज्ञापनपत्र

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

माघ १२ ।  काठमाण्डौ ।

गोरखा नगरपालिका वडा नं ८ स्थित श्री सरस्वती माध्यमिक विद्यालय आहालेको स्वर्ण महोत्सवमा सहभागी हुन गोरखा आईपुग्नु भएको शिक्षामन्त्री विद्या भट्टराईलाई हिजो नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाले  ज्ञापन पत्र बुझाएको छ।

गोरखा बजार स्थित होटल गोर्खा प्यालेसको  सभाहलमा आयोजित एक समारोहमा सबै संघ, संगठन शिक्षक, प्रधानाध्यापक, बुद्धिजिवी, पार्टीका  कार्यकर्ता, पेन्सन बन्चित शिक्षक संघर्ष समिति  तथा सरोकारवालाहरुको उपस्थिति थियो । ज्ञापनपत्र ग्रहण पश्चात छलफलमा शिक्षकहरुले राखेको मागलाई सम्बोधन गर्नुहुँदै  शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन आफूले कसम नै खाएको तथा कुनै कारणले ऐन ल्याउन नदिइए आफू पनि सडकमा आन्दोलन गर्ने उदघोष गर्नुभयो । मन्त्री भट्टराईले शिक्षकलाई झोले भनी हेप्ने गरेका नेताहरुलाई इङ्गित गर्दै शिक्षकहरुलाई झोले, पेन्सन बन्चित शिक्षक संघर्ष समिती राजनितीक दल र तिनका नेताहरुले बनाएको सत्यतालाई समेत उजागर गर्नुभयो ।

उहाँले निवृतिभरण ऐनमा संशोधन  गरि राखिएको शिक्षक शब्दको सम्बन्धमा मन्त्रालयमा छलफल गरि सो नियम बमोजिम योगदानमा आधारित निबृतिभरण लाई २०८१ साल देखि लागू गर्ने भनेर व्यवस्था मिलाउनका लागि हिजो नै अर्थ मन्त्रालयलाई पत्राचार समेत गरि सकिएको बताउनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x