माघ ८ काठमाण्डौ । सरकारले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन रामचन्द्र पौडेलसमक्ष गर्ने निर्णय गरेको हो।आउँदो शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा सेवा पनि निवृत्ति भरण ऐन कोषमा
समावेश गर्न मन्त्रीपरिषदमा सिफारिस गरेको जानकारी दिनुभयो।ऐन लागु हुनुभन्दा अगाडिका शिक्षकहरु पेन्सनमा जाने र ऐन लागुभएपछिका शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गरिने उँहाले बताउनुभयो