×

सत्तामा रहन जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिने काम हुँदैन – प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

माघ ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकुको स्वाधिनता,सार्वभौमसत्ताको रक्षा गर्दै बाहय मुलुकसँग सम्बन्ध अगाडि बढाउनुपर्ने बताउनुभएको हो।प्रधानमन्त्री ओलीले सत्तामा रहन जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने पनि स्पष्ट पार्नुुभयो ।उहाँले पञ्चशिलको सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको बताउँदै कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउनुभयो ।पारस्परिक लाभ,विविधतामा सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गदैै अगाडि बढनुपर्ने उहाँको भनाई छ ।उहाँले सावधानी अपनाउँदै सन्तुलित र दुर्ढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले आर्थिक कृटनिति सांस्कृतिक व्यापारिक हिसाबले नेपालले अन्य मुलुकसँग राष्ट्रिय स्वाभिमान प्रत्यक्ष वा परोक्ष लाभका आधारमा सम्बन्ध स्थापित गरिरहेको उल्लेख गर्नुभयो।छिमेकी सहित अन्य मुलुकसँग मित्रवत सम्बन्ध स्थापित गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको भन्दै नेपा न्याय विश्वशान्तिको पक्षधर रहेको उँहाले बताउनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x