×

चितवनमा सर्वसाधारण कुट्ने प्रहरी असई निलम्बित,(भिडियो )

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्।

गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो।माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो ।भिडियो सार्वजनिक लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति गठन गरेको छ।प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिनुभयो।
प्रहरीले उक्त भिडियोको बास्तविकता बारे स्पस्टिकरण सहित माफी समेत मागेका छन्।

सर्वसाधारण माथि प्रहरीले नै मरणासन्न हुनेगरि कुट्पिट गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भै रहेको छ। प्रहरीबाटै सुरक्षा अनुभूति गर्नुपर्ने जनता प्रहरीबाटै कुटिंदा समाजमा कस्तो असर पर्ला भन्दै पत्रकारहरुले चितवनका प्रहरी प्रमुखसँग प्रश्न समेत गरेका थिए। हातपात गर्ने प्रहरीलाई प्रहरी आचारण बिपरित कार्य गरेको भन्दै निलम्बित पछि थप कारबाही गर्ने समेत प्रहरीले आश्वासन दिएको छ।

भिडियो हेर्नुहोस।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x