×

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौँ । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको छ ।

बयान सकिएपछि पनि थुनछेक बहस सुरु नभएपछि न्यायाधीश र लामिछाने पक्षका कानून व्यवसायीबीच विवाद भएको थियो ।
लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
अदालतले आज भ्याइएन भन्दै प्रहरीको जिम्मा लगाएको र आफूहरू अदालतबाट फर्किएको अधिवक्ता न्यौपानेले बताएका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x