×

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस सम्पन्न

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पौष १७ ।  काठमाण्डौ । 

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सबै पोशाकको सम्मानः‘नेपाली टोपीःहाम्रो पहिचान’ भन्ने नाराका साथ युवा अभियान नेपालले बुधबार काठमाण्डौँको बसन्तपुरमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाएको हो।पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाक दाउरा सुरुवाल र टोपी लगाउने मोह बढ्दै गएको युवा अभियान नेपालले जनाएको छ।राष्ट्रिय पोशाक र टोपीले नेपालको मौलिकता झल्काउँने भएकाले अन्य दिन नलगाएपनि पनि,जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवसका अवसरमा लगाउन युवा अभियान नेपालले आवहन समेत गरेको छ ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७ देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन सुरु गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *