×

नवनियुक्त राजदूतहरुले लिए सपथ

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष १७ गते । काठमाण्डौ । 
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिनुभएको हो।सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नवनियुक्त राजदुतहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गर्नुभएको थियो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x