×

श्रम र श्रमिकको सम्मान गरे मात्रै आर्थिक र भौतिक विकासले गति लिने रास्ट्रपति पौडेलको भनाइ

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष १६ । काठमाण्डौ । 

राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताउनुभयो ।

आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उहाँले स्मरण गर्नुभयो । उहाले सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि यही अवधारणाको जगमा खोज्नुपर्ने जिकिर गर्नुभयो ।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताउनुभयो ।

उहाले श्रमिकहरूको जीवनस्तर माथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको प्रसंसा समेत गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *