×

सौराहामा जारी हात्ती महोत्सबमा हात्तीलाई वनभोज( तस्बिरमा हेर्नुहोस् )

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पौष १३ । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाईएको छ ।

सधै जगल सफरीमा ब्यस्त रहने हात्तीहरुलाई वनभोज खुवाईएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरभुजा, फर्सी, कुची लगाएतको बिभिन्न परिकारहरु दिइएको महोत्सबका संयोजक राम कुमार अर्यालले बताउनुभयो ।
हात्ती महोत्सबमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताउनु भयो । वनभोजमा ३५ वटा निजि हात्तीहरुलाई सहभागि गराईएको थियो । महोत्सबमा हात्तीले बनभोज खाएको हेर्न दर्शकहरुको घुईचो लागेको थियो । हात्तीको बनभोज महोत्सबको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अग्रेजी नया बर्षको अबसरमा चितवनमा पर्यटकहरुको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *