×

कोटेश्वरको जग्गा सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो – बालेन शाह

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पौष १२ ।  काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले दुइतिहारको सरकार हुँदा पनि काम भने केहि नभएको अभिव्यक्ति दिएका छन्।  आज कोटेश्वर महोत्सबको सम्बोधनका क्रममा कोटेश्वरको जग्गाको मुवाब्जाको बिषय उठाउंदै  अहिलेको सरकारले गर्न चाहे जे पनि सक्ने तर नगरेको उनको  भनाइ छ।

कोटेश्वरमा आज बाट सुरु भएको महोत्सवमा कोटेश्वरलाइ पनि एक विशेषताले चिनाउनु पर्नेमा जोड दिएका छन्।  उनले उदाहरण दिँदै भने ” हामी पुजाका समान किन्न असन जान्छौँ,  लुगा किन्न पर्यो भने न्युरोड जान्छौँ, मेकानिकल समान किन्न  त्रीपुरेश्ववर जान्छौँ त्यस्तै कोटेश्वरलाइ पनि कुनै एक बस्तु किन्न जाने ठाउँ बनाउनु पर्छ। ”  उनले भने  ।  ५० औ बर्ष सम्म व्यक्तिको जग्गा लुटेर राखेको ठाउँ हो भन्दै उनले अहिलेको सरकारले तपाईहरुलाइ आश्वासन दिएको भए केहि गर्नेवाला छैन भन्दै सबैलाई प्रश्न गर्न अनुरोध समेत गरे। कोटेश्वरको जग्गा सरकारले ओगटेर मात्रै राखेको तर मुआब्जा दिने बारे कहिल्यै पहल नगरेको आरोप समेत लगाएका छन्।

उनले कोटेश्वर महोत्सवका क्रममा स्टलहरु निरिक्षण गर्न र सामान किन्नुपर्ने भए सर्वप्रथम नेपाली सामान छ छैन भनेर सोध्न समेत आग्रह गरे।

भिडियो हेर्नुहोस्

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *