×

नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

पौष ९ ।  काठमाण्डौ ।  पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।

लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन गर्नुभएको थियो । उचाईको नयाँ उडान स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने आयोजकले जनाएको छ । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुदा पनि पूर्वाधार नहुदा खेलकुदको सोचेजस्तो बिकास हुन नसकेको बताउनुभयो ।

नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उहाले अदालतको आदेश समेत नमान्ने प्रवृति खेल संस्थामा देखिएको भन्दै सवैले ऐन नियम मान्नुपर्ने बताउनुभयो । उहाले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू-२० पुरुष भलिबलको रजत विजेता नेपाली यू-२० राष्ट्रिय टोलीका सदस्यलाई नगद सहित सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *