×

गुनासो आएपछि वडा अध्यक्ष सहित रास्वपा सांसद पराजुलीको अनुगमन

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष ८ । काठमाण्डौ । काठमाण्डौ महानगर वडा नम्बर १६ मा भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले वडा अध्यक्ष पदमा जिते संगै वडा र स्थानीय निकायमा बिकासका कामले निरन्तरता पाउन थालेको छ। लामो समय अध्यक्ष पद रिक्त हुँदा बिकास निर्माणका कामले गति लिन सकेको थिएन। पछिल्लो समय काठमाण्डौ महानगर वडा नम्बर १६ का वडा अध्यक्ष रोजिना श्रेष्ठ र त्यसै क्षेत्रबाट प्रत्यक्ष सांसद जितेका गणेश पराजुली जनताको समस्या बुझ्न भन्दै “टोलटोलमा जनप्रतिनिधि ” कार्यक्रम नै लिएर जनता सामु घर घरमा पुग्ने र जनताको समस्या, गुनासो र सुझाव लिँदै राय सुझाव संकलन गर्दै हिडिरहेका छन्।

त्यस अन्तर्गत गत आईतबार काठमाण्डौ १६ को मेह्पि क्षेत्रमा लामो समय देखि खाने पानी पाइपको मर्मत, ढल र सडक मर्मतका कारण महिनौ सम्म सडक अबरुद्द भएको भन्दै स्थानीयले गुनासो गरेपछि जनताको गुनासो सम्बोधन गर्न सांसद पराजुली आफै कस्सिएका थिए। आइतबार प्रोजेक्ट इम्प्लिमेंट डिपार्टमेन्ट (पी आइ डि) का इन्जिनियर, काठमाण्डौ उपत्यका खानेपानी बितरणका प्रतिनिधि , महानगरपालिका प्रतिनिधि, महानगर निर्माण विभागका प्रतिनिधि , सांसद गणेश पराजुली त्यसै क्षेत्रका वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडाका इन्जिनियर लगायत स्थानीयको उपस्थितिमा शो क्षेत्रको अनुगमन गरीएको थियो।

भिडियो हेर्नुहोस् 

 

अनुगमनका क्रममा मेलम्ची परियोजना सुरु भए संगै नयाँ वितरण प्रणालिको लागि पाइप बिच्छाउन, ढल निर्माण गर्न र सडकमा खन्ने काम सुरु भएको थियो। तर लामो समय भै सक्दा सम्म पनि निर्माण कार्य सम्पन्न नहुँदा सो क्षेत्रका सडक सवारी चल्न सक्ने अबस्थामा छैन। यहि समस्यालाई छिटो भन्दा छिटो महानगर, काठमाण्डौ उपत्यका खानेपानी ,सडक बिभाग र निर्माण कम्पनि बीच सहकार्य गरि समस्याको समाधान गर्न सांसद पराजुलीले महत्वपूर्ण भूमिका खेलेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *