पुस,८ काठमाडौँ। पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकारिताको क्षेत्रलाई संकुचित पार्ने कदमबिरुद्ध लडिरहनुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको पद हस्तान्तरण कार्यक्रममा यादवले समावेशी समानुपातिक व्यवस्था सहितको संविधान देशमा रहेको र प्रेस स्वतन्त्रताको ग्यारेन्टी संविधानले गरेको भन्दै पत्रकारिताको क्षेत्रलाई संकुचित पार्ने कदमबिरुद्ध लडिरहनुपर्ने बताउनुभएको हो ।
पूर्वराष्ट्रपति यादवले पत्रकारिताका क्षेत्रमा लागेपछि आफ्नो धर्म निभाउनुपर्ने भन्दै आफ्नो धर्म नछाड्न सुझाव दिनुभयो ।
मानव सम्यताको उल्टो दिशामा हिड्न खोजको आभाष हुने गरेको र संसारभर मानव सभ्यतामा संकट देखिएको बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले महासंघलाई क्रियाशिल पत्रकारको साझा संस्था बनाउने प्रतिवद्धता जनाउनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि अवको नेतृत्वले बिशेष पहल गर्ने उहाले बताउनुभयो ।
शर्माले सरकार, दल र अरु संरचनामा सूचना दिने प्रणाली बन्न नसकेको र सहि सूचनाहरु पाउन नसक्ने समस्याहरु विद्यमान नै रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।