पुस,८ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटोखिच्ने निकोलस भुसाललाई पोखरा पठाइएको छ।
भुसालले लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्बजनिक गरेका थिए। उक्त फोटो आफूले प्रहरीकै सिसिटिभीबाट खिचेको स्वीकार पनि गरेका थिए।
भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरेर आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई जानकारी दिए।
उनलाई यत्ति एयरको विमान मार्फत पोखरा पठाएका छ।
कास्की प्रहरीको पत्रका आधारमा उनी पक्राउ परेका हुन् । गत २९ मंसिरमा लामिछानेलाई भेट्न गएका भुसालले सो तस्वीर खिचेका थिए। जून पछि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो तस्बिरले हिरासत सुरक्षामा प्रश्न उठेपछि प्रहरीले आन्तरिक छानविन समेत गरिरहेको छ।
भुसालले सो फोटो आफुले खिचेको स्वीकार्दै गल्ती भएको भनेर माफी पनि मागेका छन्।