पुस,८ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।
भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको हो।
यसअघि भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए।
कास्की प्रहरीको पत्रका आधारमा उनी पक्राउ परेका हुन् । गत २९ मंसिरमा लामिछानेलाई भेट्न गएका भुसालले सो तस्वीर खिचेका थिए। जून पछि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो तस्बिरले हिरासत सुरक्षामा प्रश्न उठेपछि प्रहरीले आन्तरिक छानविन समेत गरिरहेको छ।
भुसालले सो फोटो आफुले खिचेको स्वीकार्दै गल्ती भएको भनेर माफी पनि मागेका छन्।