×

अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने : प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,७ काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभएको छ ।

विश्व ध्यान दिवस, २०८१ का अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयद्वारा सैनिक मञ्च-टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शाररीक र मानसिक ध्यानलाई नियमितरुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

ध्यान प्राकृतिक ढंगले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराउनुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *