नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले चाडै नै संविधान संसोधनको प्रक्रिया थालिने बताउनुभएको छ ।
शुक्रबार विराटनगर बिमानस्थलमा संचारकर्र्मीहरुसंग कुरा गर्दै सभापति देउवाले संसदमा दुई तिहाइ पुग्ने गरी छलफल पछि संविधान संसोधनको प्रक्रिया सुरु गर्ने बताउनुभएको हो । अहिलेको संसदीय प्रणाली नै उपयुक्त भएको र उपराष्ट्रपति भूमिकाविहिन भएकाले राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि संविधान संशोधन हुनुपर्ने उहाले बताउनुभयो । सभापति देउबाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण नलिने सम्झौता गरेको भन्दै ओलीलाई धन्यवाद दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले दुईदलीय वर्तमान सरकारबाट जनताहरु खुशि रहेको धारणा राख्नुभयो । गगन थापालाई उत्तराधिकारी बनाउन लाग्नु भएको भन्ने प्रश्नमा देउवाले पार्टीको आगामी महाधिवेशन तोकिएको समयमा नै हुने बताउदै आफुले सभापति उठ्न नपाउने र उत्तराधिकारी आफुले घोषणा गरेर मात्र नहुने उल्लेख गर्नुभयो ।