×

काठमाडौ १६ को उपनिर्वाचनमा घण्टीका उम्मेदवार रोजिना श्रेष्ठको जित, बिजय जुलुस निकाल्ने तयारी

खालीपाना न्युजडेस्क | २ महिना अगाडि

मङ्सिर १७| काठमाडौ | आइतबार देशका ४१ स्थानमा भएको उप निर्वाचन मध्य काठमाडौ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ६८४ मतको अन्तरले जित हासिल गरेको छ। अन्तिम मत गणना अनुसार नेकपा एमाले सुर्य चिन्ह- २२१८ नेपाली काङ्ग्रेस रुख चिन्ह २२१४ र राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हले २९०२ मत प्राप्त गरेको हो। काठमाडौ १६का घण्टी उम्मेदवार रोजिना श्रेष्ठ ६८४ मतको अन्तरले बिजयी भएका हुन।

देशका विभिन्न स्थानमा उपनिर्वाचन भएतापनी धेरैको ध्यान काठमाडौ केन्द्रिय छ। काठमाडौको किर्तिपुर नगरपालिकामा मेयर पदको उम्मेदवारी र काठमाडौ १६ मा वडाध्यक्ष पदका लागि उप निर्वाचन भएको थियो भने वडा नम्बर १६ मा घण्टी बाहक उम्मेदवारलाइ जित्नै पर्ने दवाब पनि थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय पार्टी कार्यलय रहेको सोही वडा र संघीय सान्सद गणेश पराजुलिले जितेको क्षेत्र पनि क्षेत्र नम्बर ७ नै रहेकोले रास्वपालाइ प्रतिस्ठाको लडाइ लड्नु पर्ने चुनौती थियो।।

जितको खुशीयाली सङ्गै आजै बिहान ६:३० बजे रास्वपा प्रदेश कार्यलय चमती बालाजुबाट बिजय जुलुस निकाल्ने तयारी रहेको रास्वपाका नेता कैलाश सिलवालले जानकारी दिनु भयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *