जनकपुरधाम । जनकपुरधाममा पहिलोपटक निजी अस्पतालले सरकारले तोकेको शुल्क अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ कन्या माध्यमिक विद्यालय नजिक हिरा हेल्थकेयर हस्पिटल प्रा.लि. को बुधवार उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन गरिएपनि सेवा भने मङ्सिर १ गतेदेखि मात्रै सुरु हुने अस्पताल प्रशासनले बताएको छ ।
५० शय्याको यस अस्पतालमा मधेश प्रदेशमै पहिलोपटक सरकारले तोकेको शुल्क अनुसार सेवा प्रवाह गरिने छ भने प्रदेशमै पहिलोपटक पीआईसियूको पनि सुविधा रहने अस्पतालका निर्देशक डा.लव कुमार साहले बताए ।
उनका अनुसार पीआईसियूमा संवेदनशिल अवस्थाका १८ वर्षसम्मका बच्चाहरूको उपचार हुने गर्छ। साथै अस्पतालमा नवजात शिशुहरूका लागि एनआईसियूको सुविधा हुनुका साथै आईसियूको पनि सुविधा रहने छ ।
अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा २४ सैँ घन्टा इमर्जेन्सी सेवा, अत्याधुनिक आई.सी.यू./एन.आई.सी.यू. र पी.आई.सी.यू. सुविधा, जनरल मेडिसिन विशेषज्ञ सेवा पनि रहने निर्देशक डा.साहले बताए ।
त्यसैगरी अस्पतालमा स्त्री तथा प्रसुतिरोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, नाक, कान तथा घाँटीरोग विशेषज्ञ सेवा, दन्तरोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, ल्याप्रोस्कोपिक प्रविधिद्वारा पित्त थैली तथा मिर्गौला सम्बन्धी सम्पूर्ण सेवा, अत्याधुनिक ल्याबको व्यवस्था, फिजियो थेरापी सेवा पनि रहने छ ।
मोडुलर अपरेश थिएटरको व्यवस्था रहेको यस अस्पतालमा फिटल इकोकार्डियोग्राफी, इकोकार्डियोग्राफी, यू.एस.जी., डिजिटल एक्स–रे सेवा, अत्याधुनिक प्रविधियुक्त ल्याप्रोस्कोपिक, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा, एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ सेवा पनि रहने डा.साहले बताए ।
त्यस्तै अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा ओ.पि.डी. सेवाका साथै २४ सैँ घन्टा विशेषज्ञ डाक्टरहरूद्वारा परामर्श पनि दिइने छ ।
साथै सुविधा सम्पन्न भि.आई.पी. क्याविनको व्यवस्था, जनरल वार्डको व्यवस्था, बिरामीहरूको सुविधाका लागि लिफ्टको व्यवस्था, बिरामीहरूको सुरक्षाका लागि सिसिटिभीको व्यवस्था, बिरामी तथा कुरुवाहरूका लागि गुणस्तरीय एवं स्वस्थकर खानासहितको क्यान्टिनको सुविधा, २४ सैँ घन्टा फार्मेसी र २४ सैँ घन्टा एम्बुलेन्स सेवा पनि उपलब्ध रहने छ ।
त्यसबाहेक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू गरिने छ भने सरकारले तोके अनुसार अस्पतालमा विपन्नका लागि १० प्रतिशत शय्या पनि छुट्याइने डा.साहले जानकारी दिए ।
उनले प्रादेशिक अस्पतालमा मात्रै सबैले बेड र सेवा पाउन सक्ने अवस्था नरहेकाले यो अस्पताल बिरामीहरूका सुविधालाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको बताए ।
साथै निर्देशक डा. साहले भविष्यमा क्यान्सर सम्बन्धी सेवा पनि सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।
अस्पतालका अध्यक्ष हिरा यादव, उनकी श्रीमति शिला यादव र अस्पतालका निर्देशक डा. साहले संयुक्त रुपमा रिबन काटेर अस्पतालको उद्घाटन गरेका थिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.