×

शारदा सिन्हा अस्पताल भर्ना, आइसियूमा उपचार हुँदै

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौं । भारतकी प्रसिद्ध गायिका शारदा सिन्हा अस्पताल भर्ना भएकी छन् ।
पद्म भुषणबाट सम्मानित उनको दिल्लीस्थित एम्स अस्पतालको आईसियूमा उपचार भइरहेको छ।

३५ दिन अघि श्रीमान् गुमाए पछि पीडामा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको हो।

भारतको बिहार राज्यमा जन्मेकी शारदा सिन्हाले बलिवुडको ग्याङ्ग्ज अफ वासेपुर, हम आपके हैँ कोन जस्ता चलचित्रमा गीत गाइसकेकी छन् भने उनको छठको गीत निकै प्रसिद्ध छ।

अहिले पनि छठमा उनले गाएको गीत भारतसहित नेपालको मधेश प्रदेश लगायतका क्षेत्रमा सुन्न सकिन्छ।

क्लासिकल गायिकाको रुपमा परिचित उनलाई भारत सरकारले १९९२ मा पद्म श्री र २०१८ मा पद्म भुषण तथा २००६ मा पनि पद्मभुषण अवार्ड प्रदान गरेको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x