×

रामगोपालपुर २ का वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

महोत्तरी । यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए ।

जिल्ला न्यायाधीश नवराज दुलालको ईजलाशले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प।६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जाँच गर्नुका साथै हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो । रासस

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x