×

अर्नमाको कृष्णपुरमा अद्भुत दृष्य : महाकालीको प्रार्थनामा रामबावुको अद्भुत उपासना र कलशस्थापना

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

सिरहा । दशैंको घटस्थापना देखि हिन्दु धर्म मान्नेहरुको घरमा पुजापाठ हुनु र उपासना बस्नु नौलो कुरो होइन् तर सिरहा जिल्ला अर्नमा गाउँपालिका–५ कृष्णपुर निवासी २० बर्षिय रामबावु दासले प्रार्थना र उपासना गर्दै अद्भुतता कामय गर्नुका साथै बेग्लै पहिचान बनाउन सफल भएको छ ।

घटस्थापनाको दिन देखि रामबाबुले अन, जल, दुध, फलफुल त्याग्दै शरिरमाथि पाँचवटा कलश राखेर महाकालीको स्मरण गर्दै जमरा उमार्न सफल भएको छ । गएको १७ देखि २६ सम्म उत्साहपूर्वक उपासना गर्न सफल भएको परिवारजनले बताए ।

गाउँको विभिन्न शक्तिपिठ परिक्रमा गर्दै स्थापित गरिएको दर्जनौं कलश उपासनाको दशौं दिन विधिपूर्वक परिक्रमा गर्दै कमला स्नान पछि सुम्पिएको स्थानीय रामनाथ दासले बताए । ‘उपासनामा बस्नु भन्दा दुई दिन अघि देखि रामबाबुले खाना र पानी त्यागेको थियो,’उनले भने,‘उपासना र प्रार्थना गरेर आर्जन गरेको दैवी शक्ति जनकल्याणमा अर्पण गर्दै आएका छन् ।’

रामबावु कसरी बने साधक ?

दुई वर्ष अघि सिरहा सदरमुकामको एक निजि विद्यालयमा अध्ययन गर्दै थिए, रामबावु । अध्ययनकै क्रममा विद्यालयबाट शैक्षिक भ्रमणका लागी एक समूह भारतको विभिन्न ठाउँ घुम्दै कोलकत्ता गएको थियो । कोलकत्ताको महाकाली मन्दिरमा गएपछि त्यहाँबाट रामबाबु प्रभावित भयो ।

त्यस अघि रामबाबु गाउँघरमा समान्य रुपमा देउता खेल्दै आएको थियो । साथीहरुको समूहमा सिरहा फर्केका रामबाबु घर नआईकनै फेरी भारतको कोलकत्ताको महाकाली मन्दिर गएको परिवारजनले बताएका छन् ।

साधना गरेका शक्तिपिठहरु

छिमेकी देश भारतको कोलकत्तामा रहेको महाकाली मन्दिरमा १८, भारतकै विन्दाबनको मन्दिरमा १८ र जनकपुरको राजदेवी तथा राम मन्दिरमा ११ दिन उपासना र साधना गर्नुका साथै अन्य विभिन्न शक्ति पिठहरुमा पुजा गर्न गएको पारिवारिक श्रोतले बताएका छन् ।

यसरी साधना र निराहार उपसना बसेपनि रामबाबुको शक्ति कहिले कम नभएको स्थानीय रामनाथ दासले दाबी गरे । ‘गतवर्षको दशैंमा पनि यसरी नै एउटा कलश शरिरमा राखेर उपासना गरेको थियो । उपासना पछि आम व्यक्ति जस्तो हिड्डुल गर्दै नगरको विभिन्न शक्ति पिठमा दर्शन गरेर मात्र फलफुल, जल र अन ग्रहण गरेको थियो ।’

साधक पछि के गर्दै छन्, रामबावु ?

भारत कोलकत्ताको महाकाली मन्दिर, विन्दाबन मन्दिर र जनकपुरको राजदेवी तथा राम मन्दिरमा गरेको उपसना र प्रार्थना पछि रामबाबु गृह गाउँ सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा जनकल्याणको काम गर्दै आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दरबारमा आएपछि तान्त्रिक टुनामुना निको हुने गरेको जनविश्वास बढ्न थालेका छन् ।

प्रत्येक हप्ताको बुधवार, विहिवार गृह गाउँ कृष्णपुर र शनिवार धनुषाको भगवानपट्टीमा दरबार लगाएर जनकल्याणका काम गर्दै आएको उनको शिष्य सन्तोष कुमार दासले बताए । ‘दरबारमा आउनेहरुसँग दान, दक्षिणा र भाकलको कर छैन्,’ रामबाबुको शिष्य सन्तोषले भने,‘खुसीसाथ दिने दान मात्र लिने गरिन्छ । अहिंसात्मक तबरबाट पुजाविधि गर्दै आएकोले यहाँ कुनै प्रकारको बली प्रदान गरिदैन् ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *