×

भारतमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

भारत । भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ ।

मुम्बईको बान्द्रामा आक्रमणकारीले गयराति उनीमाथि दर्जनौं गोली प्रहार गरेर हत्या गरेका हुन् ।

छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर बान्द्रा (पूर्व) को निर्मल नगरको कोलगेट मैदान नजिकै रहेका बेला उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाबा सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए ।

यसै वर्ष उनी कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) मा प्रवेश गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर घाइते भएका सिद्दिकीलाई तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सिद्दिकीले करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका थिए।

बाबा सिद्दिकीले बलिवुडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानबीचको झगडा अन्त्य गराएका थिए । ईदका समयमा उनले आयोजन गर्ने इफ्तार पार्टी बलिवुडको प्रसिद्ध पार्टी मानिन्छ ।

उनको निधनको खबर सुने लगतै बलिवुड अभिनेता सलमान खान, शिल्पा सेट्ठी लगायतका बलिवुड सेलिब्रेटी लिलावती अस्पताल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.