×

मधेस प्रदेशमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

जनकपुरधाम । तीन दिनको अविरल वर्षात्सँगै गएको बाढीले अहिलेसम्म मधेस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।

साथै एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । साथै बाढीका कारण आठ जना घाइते भएका र उनीहरू सामान्य उपचारपछि घर फर्किएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । उनका अनुसार महोतरीमा दुई जना र सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, पर्सामा एक जना र रौतहटमा एक बालिकासहित दुई जनागरी आठ जनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्षीय रोहित साह, महोत्तरीको बर्दिवास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङ्ग, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया, रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह कानु, सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका महावीर ठाकुरका १२ वर्षीय छोरा अङ्कित ठाकुर, सर्लाही–१ हथियोलका ३७ वर्षीय पवन गिरी तथा पर्साका सखुवाप्रर्सौनी गाउँपालिका–२ का विनोद दासका १७ वर्षीया छोरी राधिकाकुमारीको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी सर्लाहीको सोती खोलाले बगाएर बेपत्ता भएका बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोको खोजी जारी छ । तराईका आठ वटा जिल्लामध्ये रौतहटमा तीन जना, सिरहामा एक जना र सर्लाहीमा एक जना र बारामा तीन जना घाइते भएको उपचारपछि सामान्य अवस्था रहेको र घर फर्किएका छन् ।

सो कार्यालयका प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीका कारण ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका थिए । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको थियो । विस्तारै प्रदेशका जनजीवन सामान्य हुँदै गएको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x