काठमाडौं । संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन् ।
शनिबार उनले मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताए । फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको उनको भनाइ छ ।
डा सिल्भाका अनुसार युद्धअघि विश्वभर आपूर्ति हुने कुल रासयनिक मलमध्ये करिब एकतिहाइ होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । उक्त मार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रभावित भएको छ ।
उनले खेतीपातीको मौसममा आवश्यक मल उपलब्ध हुन नसके विश्वभर थप ४ करोड ५० लाख मानिस गम्भीर खाद्य असुरक्षाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै, ३ करोड मानिस गरिबीमा धकेलिन सक्ने उनको भनाइ छ ।
मल आपूर्ति सहज बनाउन होर्मुज जलमार्गबाट दैनिक कम्तीमा पाँचवटा मल बोकेका जहाजलाई आवागमनको अनुमति दिनुपर्ने उनले बताएका छन् । संयुक्त राष्ट्रसंघले यसअघि विकास गरेको संयन्त्रमार्फत मल ढुवानी पुनः सुरु गर्न सकिने र त्यसका लागि ७ देखि १० दिन पर्याप्त हुने डा सिल्भाले बताएका छन् । उनले मल आपूर्तिमा देखिएको अवरोध तत्काल हटाउन सके कृषि उत्पादनमा पर्ने असर न्यूनीकरण गर्न र सम्भावित विश्वव्यापी खाद्य संकट रोक्न सहयोग पुग्ने बताएका छन् । सीसीटीभी प्लस
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.