काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा तथा विश्लेषण गरेर मात्रै आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने बताएका छन् ।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना कमजोरीको समीक्षा गर्दै नयाँ चुनौतीको सामना गर्नुपर्ने बताए ।
उनले भने, ‘राज्यसत्ता सञ्चालनका सन्दर्भमा हाम्रा अनुभवको जगमा आगामी कार्यभार तय गर्नुपर्ने आवश्यकता छ । विगतको समीक्षा नगरी र त्यसको सही विश्लेषण नगरी अगाडिको यात्रा तय गर्न सकिने अवस्था छैन । चुनौतीको सामना गर्न नयाँ सन्दर्भअनुसार अघि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अगाडि बढिरहेका छौँ ।’
उनले २०८२ साल भदौ २३ र २४ गतेका घटनाले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुगेको उल्लेख गरे । पार्टीको नेतृत्वमा सरकार रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो ।
पोखरेलले उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण रहेको बताए । सोही विश्लेषणका आधारमा भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाएर अघि बढ्ने प्रयास गरिएको उनले उल्लेख गरे ।
उनले भने, ‘२०८२ को भाद्र २३ र २४ गतेको घटनापछाडि हाम्रो पार्टीको जीवनमा सर्वाधिक ठूलो धक्का लाग्यो । हाम्रै पार्टीको नेतृत्व रहेको समयमा मुलुकमा जुन प्रकारको घटना घट्यो त्यसले स्वभाविक रुपमा हाम्रो पार्टीको भविष्यमाथि गम्भिर प्रश्न खडा गर्यो । त्यसलाई सामना गर्नका लागि हामीले निरन्तर प्रयत्न गर्यौं । खासगरी भदौ २३ र २४ पछाडि मुलुकको राजनीतिक प्रतिगमनतर्फ उन्मुख भैइरहेको हाम्रो विश्लेषण रह्यो । त्यो विश्लेषणका आधार माध्यमबाट भूराजनीतिक संयन्त्रको सामना गर्नका लागि योजना बनायौं र त्यसका आधारमा अगाडि बढ्ने प्रयत्न गर्यौं ।’
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.