×

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

खालीपाना न्युजडेस्क | ५ घण्टा अगाडि

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन् । पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन् ।

साहाराले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । ‘जलाकी’ मा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन् । निर्माण टिमका अनुसार सिनेमामा उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन् ।

सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन् । उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन् । साथै मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।

मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’मा अडिसनमार्फत् छनोट भएकी हुन् । सिनेमा जलाकीको यात्रा अलि डिफिकल्ट र डिफरेन्ट रहेको उनले बताइन् । सिनेमा सुटिङकै क्रममा उनले जीवनको सबैभन्दा कठिन क्षण गुजारिन् ।

सिनेमा छायांकनकै क्रममा रहँदा कार दुर्घटनामा उनको बुबाको निधन भयो । सिनेमा छायांकनका लागि काठमाडौं आउनु अघि उनले बाबालाई भेटेकी थिइन् । त्यो नै उनको अन्तिम भेट बन्यो ।

बुबाले भनेको कुरा सम्झिँदै उनले भनिन्, ‘मैले जलाकीमा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिए । उहाँ एकदमै खुसी हुनुभएको थियो । बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु भन्नुभएको थियो तर त्यो सपना अधुरै रह्यो।’

बुबाको अन्तिम बिदाइ सकेर ४ दिनमै उनी पुनः सुटिङमा फर्किइन् । ‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरो भन्दा पनि ठूलो बुबाको सपना थियो । ‘म बुबाको सपना अधुरो रहोस् भन्ने चाहान्थेँ । त्यसैले छिटै काममा फर्किहालेँ’, उनले थपिन्, ‘ममी र दिदीले पनि बाबाको सपना पूरा गर जाउ भनेर थप हौसला र हिम्मत दिनुभयो । उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ ।’

साहाराका अनुसार उनलाई सिनेमा क्षेत्रमा आउन परिवार र समाजसँग लडेर सबैभन्दा बढी साथ दिने व्यक्ति उनका बुबा नै थिए । उनले बुबाको सपना पूरा गर्न नै आफ्नो कामलाई निरन्तरता दिएकी हुन् ।

सुटिङको समय सम्झिँदै उनले भनिन्, ‘म सुटिङ गर्ने अवस्थामा थिइनँ । रातभर निन्द्रा लाग्दैन थियो । रातभर टोलाएर बस्थेँ । बिहान ४ बजे प्रोडक्सन टिमको फोन आउँदा झस्किन्थेँ । अनि यत्तिकैमा सुटिङमा जान्थे । तर कसैलाई भनिनँ । मनमा क्यामेरामा नसुतेकोजस्तो नदेखियोस् भन्ने डर भैरहन्थो । त्यतिबेला बाबाकै सपना पूरा गर्नुपर्छ भन्ने भावनाले झन् बलियो बनायो ।’

उनको लागि ‘जलाकी’ड्रिम प्रोजेक्ट हो । यो सिनेमाको लागि आफूले निकै मेहनत गरेकोले सिनेमा प्रदर्शनको समयलाई लिएर एकदमै उत्साहित रहेको उनले बताइन् ।

साथै उनलाई निर्देशक अशोक थापा मगरकै कारण डेब्यु सिनेमामा काम गर्न थप सहज भयो । ‘उहाँ (अशोक थापा मगर) निर्देशक नहुनु भएको भए यो यात्रा यति सहज हुने थिएन । उहाँले मलाई एउटा आउटसाइडर, डेब्यु एक्टरजस्तो ट्रिट नै गर्नुभएन’, निर्देशक मगरको खुलेरै प्रशंसा गर्दै उनले भनिन्, ‘उहाँले मलाई आफ्नै छोरीजस्तो गरेर गाइड गर्नुभयो । मेरो यात्राको सबैभन्दा ठूलो क्रेडिट उहाँलाई नै जान्छ ।’

त्यस्तै, सिनेमाका छायांकार शैलेन्द्र डी.कार्कीले पनि आफूलाई निकै सहयोग गरेको उनले सुनाइन् । सबै निर्माण टिम सहयोगी र एक परिवारजस्तै भएकोले काम गर्न सहज भएको उनले सुनाइन् ।

यसरी डेब्यु सिनेमा नै आफ्नो लागि एक अविष्मरणीय पल बनेको उनले बताइन् । ‘यो यात्रा मेरो लागि चाहेर पनि बिर्सन नसक्ने बनेको छ’, उनले भनिन् ।

साथै, सिनेमाको कथाले आफूलाई निकै आकर्षित गरेकोले पनि काम गर्न केही सहज भएको उनको भनाइ छ । ‘जलाकीमा मैले अभिनय गरेको चरित्र व्यक्तिगत जीवनमा पनि एकदमै कनेक्ट गर्न सकेँ । म मात्र नभएर वान साइडेट लभर सबैले कनेक्ट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

‘जलाकी’को प्रोडक्सन हाउससँग जोडिन पाउनु नै उनको लागि ठूलो कुरा हो । ‘जलाकी अघि मैले धेरै प्रोजेक्टको गुमाए । तर पछुतो छैन । जलाकीबाट सन्तुष्ट छु’, उनले भनिन् ।

‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको हो ।

सिनेमामा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

शैलेन्द्र डी.कार्कीले छायांकन गरेको सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.