काठमाडौं । संस्कृतिविद्, अध्यात्म चिन्तक एवम शिक्षासेवी डा. चिन्तामणि योगीले नेपालको वर्तमान शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गरिरहेको भए पनि राष्ट्रप्रेमी, संस्कारित र आत्मनिर्भर नागरिक निर्माण गर्न नसकेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले शिक्षा प्रणालीलाई संस्कार, अध्यात्म, नैतिकता र राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । डा. योगीले अहिलेको शिक्षाले ‘डाक्टर, इन्जिनियर र व्यवस्थापन विज्ञ’ उत्पादन गरिरहेको भए पनि उनीहरूलाई देशमै योगदान दिन प्रेरित गर्न नसकेको बताए ।
उनका अनुसार नेपालको शिक्षा प्रणालीले युवालाई विदेशमुखी बनाइरहेको छ र यसले देशलाई मेनपावर कम्पनी बनाउने जोखिम बढाएको छ । उनले शिक्षा केवल रोजगारी प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तित्व, नैतिकता र राष्ट्रिय चेतना विकास गर्ने साधन हुनुपर्ने धारणा राखे । ‘हाम्रो शिक्षा माटो चिनाउने र मुटु जगाउने हुनुपथ्र्यो, तर त्यसो हुन सकेन,‘ उनले भने ।
डा. योगीले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्र व्यापारको विषय बन्न नहुने बताए । राज्यले सबै नागरिकलाई पहुँचयोग्य र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । निजी वा सरकारी विद्यालयमध्ये कुन राम्रो भन्ने बहसभन्दा पनि सबै वर्ग, जाति र समुदायले सहज रूपमा शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
उनले वर्तमान पाठ्यक्रममा नेपालको इतिहास, संस्कृति, कृषि, जडीबुटी, योग, अध्यात्म र स्थानीय ज्ञान प्रणालीलाई पर्याप्त स्थान नदिइएको गुनासो गरे । नेपालको प्रत्येक जिल्ला आफ्नै इतिहास, परम्परा, कृषि उत्पादन र उद्यमशीलताका विशेषताले समृद्ध भए पनि शिक्षाले ती विषयसँग विद्यार्थीलाई जोड्न नसकेको उनको भनाइ छ ।
कुराकानीका क्रममा उनले गुरुकुल शिक्षा प्रणाली नेपालको मौलिक शैक्षिक परम्परा भएको स्मरण गराए । स्वर्गद्वारी, देवघाट, जनकपुर, भोजपुरलगायत विभिन्न क्षेत्रका गुरुकुलहरूले ज्ञान, विज्ञान, आयुर्वेद, ज्योतिष, कृषि, साहित्य र दर्शनलाई एकीकृत रूपमा सिकाउने गरेको उल्लेख गर्दै उनले आधुनिक शिक्षा प्रणालीले पनि त्यसबाट सिक्नुपर्ने बताए ।
डा. योगीले आधुनिक शिक्षा र प्रविधिको महत्त्व स्वीकार गर्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने स्पष्ट पारे । तर आधुनिकतासँगै नेपालको वैदिक ज्ञान, योग, संस्कृति र परम्परागत विज्ञानलाई पनि शिक्षा प्रणालीमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीलाई आधुनिकता पनि चाहिन्छ र प्राचीनताको ज्ञान पनि चाहिन्छ,‘ उनले भने ।
उनका अनुसार नेपालको सांस्कृतिक सम्पदा, योग, ध्यान र अध्यात्मलाई विश्वस्तरमा प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना छ । लुम्बिनी, गोरखनाथ परम्परा, अष्टावक्र दर्शन, वैदिक ज्ञान र प्राकृतिक सम्पदालाई पर्यटन तथा सांस्कृतिक कूटनीतिसँग जोडेर नेपालले नयाँ पहिचान निर्माण गर्न सक्ने उनले बताए ।
डा. योगीले विदेशमा रहेका नेपाली र विदेशी नागरिकहरू नेपालप्रति आकर्षित हुने मुख्य कारण यहाँको संस्कृति, प्रकृति र जीवनदर्शन भएको उल्लेख गरे । नेपालका नागरिकले आफ्नै देशको मूल्य र विशेषतालाई बुझ्न नसकेको तर विदेशीहरू नेपालबाट गहिरो प्रेरणा लिएर फर्किने गरेको उनको अनुभव छ ।
समृद्ध नेपालको आधार संस्कारमूलक, चेतनामूलक, अध्यात्ममूलक र राष्ट्रमूलक शिक्षा भएको उल्लेख गर्दै गुरुकुल परम्परा र आधुनिक शिक्षाबीच सन्तुलन कायम गर्न सके देशको भविष्य उज्ज्वल बन्ने विश्वास उनले व्यक्त गरे ।
नेपालको आरोग्य दर्शन विश्वका लागि मार्गदर्शक बन्नसक्छ
डा. योगीले नेपालको प्रकृति, संस्कृति, पारिवारिक जीवनशैली र आध्यात्मिक चेतनामा विश्वलाई आरोग्यको मार्ग देखाउने अद्वितीय क्षमता रहेको बताएका छन् । उनले नेपाललाई केवल पर्यटनको गन्तव्यका रूपमा नभई आरोग्य, शान्ति र जीवनदर्शनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
डा. योगीले विकसित मुलुकहरूमा बढ्दो मानसिक तनाव र जीवनशैलीजन्य समस्याप्रति चिन्ता व्यक्त गर्दै नेपालको वातावरणले मानिसलाई स्वाभाविक रूपमा शान्ति र सन्तुलन प्रदान गर्न सक्ने बताए ।
उनले अमेरिकामा हुर्किएकी १६ वर्षीया नेपाली मूलकी एक किशोरीले दाङमा केही साताको बसाइपछि आफ्नो मानसिक तनाव पूर्ण रूपमा हटेको अनुभव सुनाएको प्रसंग उल्लेख गर्दै नेपालको हावा, माटो, परिवार र सामाजिक जीवनमै आरोग्यको शक्ति रहेको दाबी गरे ।
‘नेपालको प्रकृति, यहाँको पारिवारिक संस्कार, गाउँघरको जीवनशैली, पहाड र हिमालको वातावरणले मानिसलाई भित्री शान्ति दिन्छ,‘ उनले भने । विदेशीहरू नेपाल आएर यहाँको संस्कृति र मानवीय व्यवहारबाट प्रभावित हुने गरेको उनको अनुभव छ ।
उनले नेपाललाई ‘आरोग्य पर्यटन’को विश्व केन्द्र बनाउन सकिने सम्भावना औँल्याए । यसका लागि महँगा संरचना, कृत्रिम कार्यक्रम वा व्यावसायिक प्याकेज आवश्यक नरहेको उनको भनाइ छ । विदेशी पर्यटकलाई नेपालको गाउँ, पहाड, हिमाल, तराई, संस्कृति र जनजीवनसँग जोड्न सके मात्र पनि उनीहरूले वास्तविक आरोग्यको अनुभव गर्न सक्ने उनले बताए ।
डा. योगीले आरोग्यलाई केवल औषधि वा उपचारसँग मात्र जोडेर हेर्न नहुने धारणा राखे । उनका अनुसार पूर्वीय दर्शनले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने जीवनशैलीलाई महत्व दिन्छ । ‘पश्चिमले रोगको उपचारमा जोड दिन्छ भने पूर्वले स्वस्थ जीवनशैलीमार्फत रोगको रोकथाममा ध्यान दिन्छ,‘ उनले भने ।
उनले आरोग्यको आधार समग्र जीवनशैली भएको उल्लेख गर्दै तुलसी, जडीबुटी, योग, प्राणायाम र प्राकृतिक उपचारका विधिहरू महत्वपूर्ण भए पनि त्यसको केन्द्रमा प्रेम, सकारात्मकता र प्राणमय जीवन हुनुपर्ने बताए । ‘प्राणायामभन्दा प्राणमय जीवन ठूलो हो, आसनभन्दा प्रेममय जीवन ठूलो हो,‘ उनले भने ।
योग र ध्यानको विश्वव्यापी प्रभावबारे चर्चा गर्दै डा. योगीले संसारलाई जटिल योगाभ्यासभन्दा पनि विश्राम र मानसिक शान्तिको अभ्यास आवश्यक रहेको बताए । उनले ‘शवासन’लाई पूर्ण विश्राम, मानसिक शून्यता र आन्तरिक सन्तुलनको प्रतीकका रूपमा व्याख्या गर्दै आधुनिक विश्वका नेता तथा नीति निर्माताहरूले समेत यसको मर्म बुझ्न आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार आरोग्य भनेको केवल शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको अवस्था हो । यही समग्र दृष्टिकोणले नेपाललाई विश्वसामु फरक पहिचान दिलाउन सक्ने उनले बताए ।
डा. योगीले ‘आरोग्यम् धर्म साधनम्, आरोग्यम् कर्म साधनम्, आरोग्यम् राष्ट्र सेवनम’ भन्ने वैदिक अवधारणालाई स्मरण गराउँदै आरोग्यलाई शिक्षा, परिवार, पर्यटन र राष्ट्रिय विकास नीतिको आधार बनाउनुपर्ने सुझाव दिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.