×

प्रिमियरमा ‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे प्रशंसा

खालीपाना न्युजडेस्क | २ दिन अगाडि

काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को प्रिमियर गरिएको छ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गर्नुभएको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उहाँकै छोरा डा कपिल रिजालले ‘गौँथली’ निर्देशन गरेका हुन् ।

फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् ।

फिल्म हेरेर निस्किएपछि अभिनेत्री संचिता लुइँटेलले कलाकारको कामको तारिफ गर्दै सम्पूर्ण पक्षमा सशक्त फिल्म रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘सबै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाउनुभएको छ । फिल्म हेरिरहँदा सोही परिवेशमा पुग्छौँ, अरुण र सिम्रनले गरेको कामको जति तारिफ गरेपनि कम नै हुन्छ । सिनेमा घर आइपुग्ने दर्शकले आफ्नो आँशु रोक्न निकै कठिन हुन्छ किनकि फिल्मनै त्यस्तो बनेको छ ।’

उनले आफ्नो सम्पूर्ण परिवार लिएर फिल्म हेर्न सिनेमा घर पुग्नुपर्ने बताइन । फिल्म हेरेर निस्किएका कलाकार किरण केसीले सबैको तारिफ गरे । उनले भने,‘कसको तारिफ गर्ने, कसको नगर्ने त्यसकारण सबैको तारिफ गरेको छु । किनकि फिल्म सबै पक्षमा अब्बल बनेको छ, फिल्म हाम्रो परिवेश र हाम्रो कथामा तयार भएको छ ।’

निर्देशक ओम प्रतीकले फिल्मको पटकथा, संवाद, निर्देशन र कलाकारको अभिनय अब्बल रहेको बताए ।

निर्देशक मिलन चाम्सले निर्देशक डा कपिल रिजालको कामको प्रसंशा गरे । उनले भने,‘बेलायतमा दन्त चिकित्सकका रुपमा प्रसिद्ध भएर पनि निर्देशक रिजाल नेपाली कला, संस्कृति र फिल्म प्रति जुन समर्पणका साथ लाग्नुभएको छ, त्यो प्रशंसनीय छ । उहाँले नेपालीपन बोकेको नेपाली माटोको कथालाई पर्दामा ल्याउनुभएको छ । उहाँले एउटा भावनात्मक कथालाई निकै सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ, फिल्मको तारिफ जति गरेपनि कम हुन्छ ।’

सञ्चारकर्मी प्रकाश सुवेदीलाई फिल्मलाई पूर्ण भने । उनले फिल्म हेर्ने बित्तिकै सञ्चारकर्मीको जिज्ञाशामा सबै पक्षले इमान्दारितापूर्वक काम गरेकोले फिल्म सुन्दर र पूर्ण बनेको प्रतिक्रिया दिए ।

फिल्म हेर्न आएका सबैले कलाकारका रुपमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय, कथा र पटकथासँगै संवाद र निर्देशकीय पक्षको तारिफ गरेका छन् । निम्तालु अतिथिको प्रतिक्रिया लिइरहेका निर्देशक डा कपिल रिजाल हर्षित देखिन्थे । आफूले गरेको मेहनत र फिल्ममार्फत व्यक्त गरेको भावनालाई दर्शकले बुझेकोमा उनी दंग थिए ।

‘हामीले फिल्म बुझेकाबाट पाएको प्रतिक्रियाले दंग छौँ, किनकि उहाँहरू पूर्ण रुपमा दर्शक नभई समीक्षककै रुपमा हेर्नुहुन्छ । मैले फिल्मकर्मीको मन जितेपछि अब दर्शकको पनि जित्छु भन्नेमा विश्वस्त छु । बुवाले गर्नुभएको काम र दर्शकले मन पराउनुभएको गीति कथानकलाई संवाद हालेर नयाँ स्वरूपमा ल्याउनु पक्कै सहज थिएन, त्यसका लागि हामीले मेहनत पनि गरेका छौँ’, डा निर्देशक रिजालले भने ।

अभिनेता अरुण क्षेत्रीले आफूले पाएको भूमिकालाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए । उनले भने,‘मैले सक्दो मेहनत गरेर आफ्नो पात्र ठुलेलाई तयार गरेको थिएँ । आज प्रिमियरमा पाएको प्रतिक्रियाले मलाई बल्ल राम्रो गरे भन्ने महसुस भएको छ, आशा छ फिल्मकर्मी झैँ दर्शकलाई पनि ठुले मन पर्छ ।’

निर्माता सुमन गिरीले पहिलो दर्शकका रुपमा हेर्ने फिल्मकर्मीले दिएको प्रतिक्रियाले उत्साहित भएको बताए ।

एसएलसी पढ्ने सपना बोकेकी एक बालिकाको उमेर नपुग्दै एक असामान्य देखिने युवासँग विवाह भएपछि आउने उतारचढावमा फिल्म केन्द्रित छ । चिकित्सकसँगै साहित्यकार रहेका डा भोला रिजालले आफनी श्रीमती सरला रिजालको जीवनी यात्रालाई समेटेर तयार गरेको फिल्म ‘गौँथली’ कै नयाँ स्वरूप यसपटक हलमा आउँदैछ । अर्थात् भाव उही हो, प्रस्तुतीकरण र संवाद यसपटक दर्शकका लागि नयाँ छ ।

निर्देशक डा.रिजाल यत्तिको विश्वस्त सुनिनुको कारण यो कथा उनकै आमाको जीवनीसँग प्रभावित छ । किनकि उनका पिताले बाल्यकालमै आमासँग विवाह गरेर अध्यनका क्रममा धेरै समय बाहिर बिताएका थिए ।

नयाँ ठाउँ, परिवेशसँगै बालबालिका हुर्काउन गरेको सङ्घर्षलाई निर्देशक रिजालले राम्रोसँग बुझेका छन् । साथै गीति कथानकका रुपमा आएको ‘गौँथली’ ले दर्शकको राम्रो साथ पाएको थियो ।

‘गौँथलीलाई हामीले अन्तर्राष्ट्रियस्तरमा देखाउन मिल्ने प्राविधिक रुपमा अब्बल फिल्म बनाएका छन् । प्रविधिमा विश्वस्तरीय रहेर पनि यो हाम्रो आफ्नै गाउँठाउँको मौलिक कथा हो, यसले हाम्रो समाज र सोचलाई व्यक्त गर्छ । यसले मनोरन्जनसँगै दिने संदेशले थोरै भएपनि परिवर्तन ल्याउँछ, यसमा म विश्वस्त छु’, निर्देशक रिजालले भने ।

निर्देशक रिजाल निर्देशित फिल्ममा स्वास्थ्य समस्या पनि जोडिएको पाइन्छ । उनले निर्देशन गरेको फिल्म ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका थिए भने यसपटक ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।

‘अटिजम’ भएका व्यक्तिलाई लिएर समाजमा फैलिएको भ्रमलाई समेत फिल्मले चिर्नेमा उनी विश्वस्त छन् । किनकि फिल्ममा उक्त भूमिका निर्वाह गरेका अभिनेता अरुण क्षेत्रीलाई पनि अभिनयको प्रस्ताव आउँदा ‘अटिजम’ बारे धेरै जानकारी थिएन, र उनले पाएको जानकारी सही थिएन् ।

‘गौँथलीमा अभिनय गर्ने प्रस्ताव आउँदा म त्यो भूमिका निर्वाह गर्न सक्छु वा सक्दिन भन्ने दोधारमा थिएँ । विस्तारै फिल्मबारे बुझ्दै गएपछि मैले अटिजमबारे पनि थाहा पाएँ । मैले यसमा निर्वाह गरेको पात्रलाई माइल्ड अटिजम भएको हुन्छ, जसलाई मेडिकल भाषामा ‘लेभल १ अटिजम’ पनि भनिन्छ । हामीले कसैलाई यस्तो भएको देख्दा भनिने शब्द वा गरिने व्यवहारले उनीहरूलाई कती हानी गरिरहेको हुन्छ भन्ने बल्ल बुझे । उनीहरूलाई औषधी भन्दा बढी परिवारको साथ र मायाको खाचो छ’, अभिनेता क्षेत्रीले भने ।

उनले आफ्नो भूमिका निर्वाह गर्न ‘अटिजम’ भएका व्यक्तिसँग परामर्श गर्नुका साथै समय विताएका थिएँ । चकलेटी अभिनेताको रुपमा निर्माताको रोजाईमा परिरहेका अभिनेता क्षेत्रीले यसपटक आफूलाई नयाँ भूमिकामा प्रस्तुत गरेका छन् ।

ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् ।

फिल्मका निर्माता सुमन गिरीले फिल्मका सुरुआती दिनमा ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ मा काम गरे । निर्माण र ‘प्रोडक्सन’ मा जोडिएका निर्माता गिरीले सामजिक दायित्व बुझेर ‘गौँथली’ निर्माण गरेको बताए ।

फिल्ममा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

डा भोला रिजालको कथामा आधारित रहेर तयार गरिएको फिल्म ‘गौँथली’ को संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन् ।

घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको फिल्म ‘गौँथली’ आगामी साउन १ देखि नेपालभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्दैछन् भने डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.