×

समाजका हरेक समुदायका कथा पर्दामा आउनुपर्छ । फरक विषयमा जति धेरै चलचित्र बन्छन्, समाजमा त्यति नै छिटो सकारात्मक परिवर्तन आउँछ ।

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ । मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा व्यस्त छन् । करिब एक दशकदेखि अभिनयमा सक्रिय क्षेत्रीका लागि ‘गौँथली’ केवल अर्को चलचित्र होइन, अभिनय यात्राकै सबैभन्दा कठिन र जिम्मेवार परियोजना बनेको छ ।

क्षेत्रीले आफ्नो अभिनय यात्राको प्रेरणा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती र विराज भट्टजस्ता दिग्गज कलाकारबाट पाएको बताउँछन् । उनी भन्छन्, ‘मेरा लागि प्रेरणा धेरै कलाकार हुनुहुन्छ । स्वर्गीय श्रीकृष्ण सर हुनुहुन्छ, राजेश दाई हुनुहुन्छ, निखिल दाई, विराज दाई । सबैले प्रेरणा दिनुभएको छ । उहाँहरूजस्ता सफल कलाकारसँग काम गर्ने अवसर पाउँदा सुरुमा दबाब महसुस भएको थियो। तर उहाँहरूले धेरै सिकाउनुभयो, त्यसपछि काम सहज बन्दै गयो ।’

फिल्म एकेडेमी र नृत्यको पृष्ठभूमिबाट आएका क्षेत्रीले सुरुमा नृत्यप्रधान चलचित्रमार्फत अभिनय यात्रा थालेका थिए । ‘महापुरुष’ उनको प्रदर्शन भएको पहिलो चलचित्र बने पनि त्यसअघि दुई चलचित्रमा अभिनय गरिसकेका थिए । अडिसन हुँदै अवसर पाउँदै आएका उनी अहिले नेपाली चलचित्र उद्योगमा स्थापित कलाकारका रूपमा परिचित छन् ।

उनले अभिनय गरेको ‘गौँथली’ले एउटा युवतीको सपना, उसको आकांक्षा र परिवार तथा समाजले ती चाहनालाई कसरी दबाउने प्रयास गर्छ भन्ने विषय उठाएको छ । चलचित्रमा शिक्षाको महत्व, सामाजिक सोच र फरक क्षमताका व्यक्तिप्रतिको दृष्टिकोणलाई पनि समानान्तर रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा अरुणले माइल्ड अटिज्म भएका युवाको भूमिका निर्वाह गरेका छन् । यही पात्रलाई उनले आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका मान्छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनी भन्छन्, ‘गौँथलीमा सिम्रन खड्काले राम्रो अभिनय गर्नुभएको छ । फिल्ममा एक छोरी मान्छेको सपना र छोरीको इच्छालाई घरबाट कसरी दबाउन सुरु गरिन्छ भन्ने मुख्य रुपमा देखाउन खोजिएको छ । शिक्षाको कुरा पनि छ । फरक दृष्टिकोण भएका व्यक्तिको नजरबाट समाज कस्तो देखिन्छ भन्ने पनि चलचित्रले देखाएको छ ।’

उनले आफ्नो पात्र र भूमिका कठिन भएको पनि सुनाए । ‘मेरो भूमिका एकदम गाह्रो थियो। संवेदशील पनि थियो । अटिजम भएको पात्र बुझ्न र निभाउन निकै चुनौतीपूर्ण थियो। सुरुमा कठि भएपनि सबैभन्दा बढी इन्जोय गरेको पात्र बन्नपुग्यो ।’

उनका अनुसार सुरुमा अटिजम भएका सबै व्यक्तिको व्यवहार उस्तै हुन्छ भन्ने धारणा थियो । तर अनुसन्धान र प्रत्यक्ष अवलोकनपछि त्यो सोच पूर्ण रूपमा बदलिएको उनी बताउँछन् ।

पात्रका लागि क्षेत्रीले लामो तयारी गरेका थिए । उनले अटिजम भएका बालबालिका र वयस्कसँग समय बिताए, उनीहरूको व्यवहार नजिकबाट अध्ययन गरे र विस्तृत अनुसन्धानसमेत गरे ।

छायाङ्कनका पहिलो दुई दिन संवादभन्दा बढी शरीरको हाउभाउमा केन्द्रित भएका क्षेत्रीले करिब एक सातापछि मात्रै पात्र पूर्ण रूपमा समातेको अनुभव सुनाए । त्यसपछि भने अभिनय निकै सहज र रमाइलो भएको उनको भनाइ छ ।

क्षेत्रीका अनुसार ‘गौँथली’ले दर्शकलाई एउटा गम्भीर प्रश्न सोध्छ ‘हामी आफूलाई सामान्य भन्छौँ, तर साँच्चै सामान्य हामी नै छौँ त?’

उनी भन्छन्, चलचित्रमा आफूले निभाएको पात्र निस्वार्थ, इमानदार र सम्बन्धप्रति अत्यन्त जिम्मेवार छ । ‘हामी धेरै कुरा फिल्टर गरेर बोल्छौँ। मनमा एउटा हुन्छ, व्यवहारमा अर्को। तर यो पात्रको मन सफा छ, जे महसुस गर्छ, त्यही अभिव्यक्त गर्छ। यही निष्कपटपनले मलाई यो पात्रतर्फ आकर्षित ग¥यो,’ उनले भने ।

उनका अनुसार यदि यस्तो संवेदनशील पात्रलाई गलत ढंगले प्रस्तुत गरियो भने सम्बन्धित समुदायप्रति अन्याय हुने जोखिम थियो । यही कारण उनले पात्रलाई अत्यन्त जिम्मेवारीका साथ निभाएको बताए ।

क्षेत्री चलचित्रलाई मनोरञ्जनसँगै सामाजिक परिवर्तनको प्रभावकारी माध्यम मान्छन् । उनका अनुसार चलचित्रले समाजलाई केवल मनोरञ्जन दिनु मात्र होइन, सोच बदल्ने जिम्मेवारी पनि वहन गर्नुपर्छ ।

‘समाजका हरेक समुदायका कथा पर्दामा आउनुपर्छ । फरक विषयमा जति धेरै चलचित्र बन्छन्, समाजमा त्यति नै छिटो सकारात्मक परिवर्तन आउँछ,’ उनले भने।

उनले एलजीबीटीक्यू समुदाय, फरक क्षमता भएका व्यक्ति वा जनावरप्रतिको समाजको दृष्टिकोण परिवर्तन गर्न पनि चलचित्रले ठूलो भूमिका खेलेको उल्लेख गरे ।

अरुण क्षेत्री नेपाली चलचित्र उद्योग अहिले विगतको तुलनामा धेरै सशक्त बनेको बताउँछन् । उनका अनुसार अहिले राम्रो प्रविधि, दक्ष प्राविधिक र गुणस्तरीय कथामा आधारित चलचित्र बन्न थालेका छन् ।

उनले दर्शकलाई ‘गौँथली’ हेर्न आग्रह गर्दै यो चलचित्रले मनोरञ्जनसँगै समाज, परिवार, शिक्षा र मानवीय सम्बन्धबारे गहिरो सन्देश दिने बताए ।

‘यो चलचित्रले धेरै कुरा सोच्न बाध्य बनाउँछ । हाँस्न, भावुक हुन र केही सिक्न पनि प्रेरित गर्छ । त्यसैले साउन १ गतेदेखि नजिकको हलमा गएर ‘गौँथली’ हेर्नुहोस्,’ उनले आग्रह गर्दै भने ।

निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन् । चलचित्रमा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईँको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपालको पहिलो ‘गीति चलचित्र’का रूपमा परिचित थियो । यसपटक सोही नाममा निर्देशक डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकमाझ फरक प्रस्तुति र समसामयिक सामाजिक विषयसहित चलचित्र ल्याएका हुन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.