×

किन बचेनन् गणेश नेपाली ? 

खालीपाना न्युजडेस्क | १० घण्टा अगाडि

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा समयमै उद्धार र सही उपचार पाए धेरै बिरामीलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् ।

तर शरीरको ठूलो भाग जलेको अवस्थामा बाहिरी घाउसँगै भित्री अंगमा पर्ने असरले बिरामीको अवस्था जटिल बन्न सक्छ । विशेषगरी अनुहार, मुख र छातीमा भएको जलनले श्वासप्रश्वास प्रणालीमा असर पार्ने भएकाले यस्ता केसमा जोखिम बढी हुने चिकित्सकहरूको भनाइ छ ।

जलनको उपचारका लागि नेपालका ठूला अस्पतालहरूमा आईसीयू, बर्न युनिट, शल्यक्रिया तथा छाला प्रत्यारोपणजस्ता सुविधा उपलब्ध छन् । तर गम्भीर जलन भएका बिरामीलाई घटनास्थलबाट सुरक्षित उद्धार गरी छिटोभन्दा छिटो विशेषज्ञ उपचारमा पु¥याउनु सबैभन्दा महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको र उनको उपचारको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको थियो ।

इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार गणेश नेपालीको अनुहारमा गम्भीर जलन भएको थियो ।

नेपाल न्यू बैकसँगको कुराकानीमा नेपालीको अवस्था गम्भीर हुनुको मुख्य कारण आगोका कारण श्वास मार्गमा परेको असर (इनहेलेसन इन्जुरी) भएको बताएका हुन् ।

अनुहार र मुखमा जलन हुँदा आगोबाट निस्किएको तातो हावा श्वासमार्ग हुँदै फोक्सोसम्म पुग्न सक्ने र त्यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्न सक्ने उनले बताए ।

‘उहाँको अनुहारमा एकदमै जलन भएको थियो । फेसियल बर्न भएको थियो । मुखमा जलन भएपछि मानिसले सास लिँदा तातो हावा भित्र जान सक्छ । त्यसले इनहेलेसन इन्जुरी गराउँछ, जसले श्वास मार्गमा जलन हुन्छ,’ डा. धितालले भने ।

उनका अनुसार गणेश नेपालीको केसमा सुरुबाटै श्वास फेर्न समस्या देखिएको थियो । त्यस्तै छाती र हातमा भएको ‘सर्कमफेरेंसियल बर्न’ अर्थात् चारैतिरबाट भएको जलनले पनि अवस्था थप जटिल बनाएको थियो ।

उनले भने,‘सर्कमफेरेंसियल बर्न छातीमा भयो भने चारैतिर जलन हुन्छ । त्यसले छाती फैलिन समस्या ल्याउन सक्छ, चेस्ट कम्प्रेसन हुन्छ र सास फेर्न थप कठिनाइ हुन सक्छ ।’

डा. धितालका अनुसार गणेश नेपालीको शरीर करिब ६५ प्रतिशत जलेको थियो । चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ। घटनापछि उनलाई तत्काल कुलिङ गरिएको, श्वासप्रश्वास सहज बनाउन इन्ट्युबेसन गरी भेन्टिलेसनमा राखिएको र आईसीयूमा उपचार गरिएको उनले जानकारी दिए ।

‘उहाँलाई आईसीयूमा लगेर उपचार गरिएको थियो । स्कारेटोमी भन्ने अपरेशन पनि गरिएको थियो । तर पछि उहाँको भाइटल अवस्था कमजोर हुँदै गयो,’ उनले भने ।

गम्भीर जलन भएका बिरामीमा संक्रमण, श्वासप्रश्वास समस्या र शरीरका महत्वपूर्ण अंगमा पर्ने असरका कारण जोखिम बढ्ने गर्छ । गणेश नेपालीको अवस्थामा पनि बाहिरी घाउभन्दा भित्री श्वास मार्गमा भएको क्षतिले उपचार थप कठिन बनाएको डा. धितालको भनाइ छ ।

‘उहाँको डेथ बाहिरी घाउका कारण मात्र नभई इनहेलेसन इन्जुरीका कारण भएको बुझिन्छ । श्वास मार्ग नै प्रभावित भएपछि अवस्था जटिल भयो,’ उनले भने ।

डा. धितालले ६५ प्रतिशतसम्म जलेका बिरामीको उपचार नेपालमै सम्भव रहेको पनि बताए । तर बिरामीलाई समयमै अस्पताल पु¥याउने, श्वासप्रश्वास व्यवस्थापन गर्ने र विशेषज्ञ उपचार सुरु गर्ने कुरा निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

उनका अनुसार गम्भीर जलन भएका बिरामीलाई विदेश लैजानुभन्दा पहिले स्थानीय अस्पतालमै अवस्था स्थिर बनाउनु आवश्यक हुन्छ । त्यसैले गणेशको उपचारका लागि भारत लैजाने भनिएको तर विरामी स्थिर नभएको कारण लैजान नसकिएको स्पष्ट पारे ।

‘बिरामीलाई घटनास्थलबाट अस्पताल ल्याएर भाइटल अवस्था सामान्यमा ल्याई स्थिर बनाएपछि मात्रै थप उपचारका लागि लैजान सकिन्छ,’ उनले भने ।

श्वास मार्गमा भएको क्षति नै उनको उपचारमा सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै उनले यस्तो केसमा भारत अथवा अन्य देशमै लगेपनि बचाउन सकिने अवस्था नरहेको स्पष्ट पारे । उनका अनुसार भेन्टिलेसनमा राखेर उपचार गरिरहँदा पनि गणेशको छातीमा समस्या देखिएको थियो ।

‘उहाँलाई भेन्टिलेसनमा राखेर राख्दा पनि चेस्ट कम्प्रेसन भइसकेको थियो । त्यसले अवस्था अझ जटिल बनाएको थियो, त्यस्तो अवस्था भयो भने इन्डिया अथवा अन्य कुनै ठाउँमा लगेको भए पनि बचाउन सक्ने केस थिएन । पक्कै पनि उपचार गर्नुपथ्र्यो, तर उहाँको श्वास मार्ग नै कम्प्रोमाइज भएको थियो,’ डा. धितालले भने ।

डा. धितालका अनुसार यस्तो जलनका बिरामीलाई हिँडाएर वा सामान्य तरिकाले सार्दा थप जोखिम हुन सक्छ । त्यसैले चिकित्सकीय टोलीले सुरक्षित रूपमा उद्धार गर्नुपर्छ ।

नेपालमा जलन सम्बन्धी उपचारका लागि आवश्यक जनशक्ति, प्रविधि र विशेषज्ञता विस्तार हुँदै गएको दाबी गरिँदै आएको छ । तर, गम्भीर प्रकृतिका जलनका बिरामीको उपचारका लागि अझै पनि भारतलगायत विदेशी मुलुकतर्फ जानुपर्ने अवस्था देखिन्छ ।

विशेषगरी शरीरको ठूलो भाग जलेका, श्वासप्रश्वासमा समस्या भएका तथा जटिल शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई विदेश लैजाने प्रवृत्ति कायमै छ ।

२०७९ फागुन ३ गते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका थिए । विस्फोटबाट उनको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको थियो ।

प्रारम्भिक उपचार नेपालमै गरिए पनि थप विशेषज्ञ उपचारका लागि उनलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको थियो । त्यहाँ उनको लामो समयसम्म उपचार गरिएको थियो ।

भण्डारीको घटनाले नेपालमा जलन उपचारको पूर्वाधार र विशेषज्ञ सेवामाथि फेरि प्रश्न उठाएको थियो । नेपालमा जलन उपचारका लागि केही अस्पतालले विशेष सेवा दिँदै आएका छन् ।

प्लास्टिक सर्जरी, स्किन ग्राफ्टिङ, आईसीयू सेवा र जलन व्यवस्थापनमा दक्ष चिकित्सकहरू पनि कार्यरत छन् । तर, अत्यधिक जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधि, पर्याप्त बेड क्षमता, बर्न आईसीयू, संक्रमण नियन्त्रण प्रणाली र बहुविषयक विशेषज्ञ टोलीको अभाव अझै चुनौतीका रूपमा रहेको छ ।

यस घट्नापछि नेता भण्डारीले पनि नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको अभाव रहेको बताएका छन् ।

उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए ।

जलन भएका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आईसीयू, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताए ।

नेता भण्डारीले नेपालमा जलनसम्बन्धी उपचार निकै जटिल भए पनि यस क्षेत्रमा विशेषज्ञ चिकित्सकको संख्या न्यून रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन । मानिसहरू छिटो आत्तिने भएकाले पनि तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ ।’

नेता भण्डारीले जलन उपचारका लागि आवश्यक मेसिन, प्रविधि र अस्पतालको राम्रो व्यवस्थापन नेपालमै भएको भए बिरामीलाई विदेश लैजानुपर्ने अवस्था नआउने बताए ।

उनले जलनको उपचार महँगो हुने भएकाले सामान्य नागरिकका लागि थप कठिनाइ हुने गरेको उल्लेख गरे । आफू स्वयं पनि जलनको पीडित भएको स्मरण गर्दै उनले भारतमा गएर उपचार गराउनुपरेको बताए

‘म आफैं पनि जलनको सिकार भए । मैंले भारतमै उपचार गराएको हुँ । जलनसम्बन्धी केसमा बिरामीको जीवन बचाउन निकै कठिन हुने गर्छ त्यसैले पनि मानिसहरु आत्तिएर सुविधासम्पन्न अस्पताल जान खोज्छन्,’उनले भने ।

नेता भण्डारीले नेपालमा आगलागी तथा अन्य दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको उपचारका लागि विशेष व्यवस्था, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । उनले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था गर्न सके धेरै जलन बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.