×

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

खालीपाना न्युजडेस्क | १३ घण्टा अगाडि

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने बताए ।

खनालले समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र–शत्रु तथा अन्तर्राष्ट्रिय परिस्थिति सबै परिवर्तन भइसकेकाले कम्युनिष्ट आन्दोलनले पनि नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘एउटा पार्टीको रूपमा यो पार्टीलाई विकसित नगरिकन हामीले समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन छ । अबको अवस्थामा समाजवादी क्रान्तिको युग सुरु भएको छ । त्यसैले अबको क्रान्तिको कार्यक्रम के हो भन्ने बहस अगाडि सार्न अत्यावश्यक छ । त्यो बहस भनेको अबको क्रान्तिको कार्यक्रम के हो । नयाँ जनवादी क्रान्तिकै कालका कार्यक्रमहरू लिएर अबको क्रान्तिलाई पूरा गर्न सक्छौँ ? बिल्कुल सकेनौँ । समय बदलिइसकेको छ । क्रान्तिको स्वरूप बदलिएको छ । समाजको प्रधान अन्तर्विरोध बदलिएको छ । क्रान्तिका शत्रु र मित्रहरू बदलिइसकेका छन् । अन्तर्राष्ट्रिय परिस्थितिमा पनि ठूलै परिवर्तनहरू आइरहेका छन्। यस्तो परिप्रेक्ष्यमा अब हामीले नयाँ शिराबाट हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यक्रमलाई अगाडि सार्नु आवश्यक भएको छ। र त्यो वैज्ञानिक समाजवादको कार्यक्रम हो।’

उनका अनुसार आफूले लेखेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गरेको छ । अब नेपालका कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिएर वैज्ञानिक समाजवादको साझा कार्यक्रम घोषणा गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

खनालले माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारमा कुनै पनि वस्तु वा संस्थाको उत्पत्ति र अन्त्य हुने बताए। यही नियम राजनीतिक दलहरूमा पनि लागू हुने उनको तर्क थियो ।

उनले आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक अर्थमा राजनीतिक दलको अस्तित्व नभएको उल्लेख गर्दै पुँजीवादको विकाससँगै पुँजीपति र श्रमिक वर्गका पार्टीहरूको जन्म भएको बताए।

खनालले कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै पहिलो जनवादी क्रान्ति सम्पन्न गर्ने, दोस्रो समाजवादी क्रान्ति सम्पन्न गर्ने र तेस्रो समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पु¥याउने कार्य भएको बताए। यी जिम्मेवारी पूरा भएपछि कम्युनिष्ट पार्टीको पनि आवश्यकता समाप्त हुने उनको धारणा थियो।

खनालले अहिलेको पुँजीवादी व्यवस्थाले भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता समस्या समाधान गर्न नसक्ने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.