×

शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ : उपराष्ट्रपति

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन् ।

आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् ।

उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन । यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो । यसले भविष्यमा अझ सकारात्मकता र दृढ संकल्पसहित अघि बढ्न प्रेरणा दिन्छ ।’

उनले कलेज परिवार, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै विगत २५ वर्षमा कलेजले सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान दिएको विश्वास व्यक्त गरे ।

यादवले संस्कृत श्लोक ‘विद्या ददाति विनयम्’ उद्धृत गर्दै शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्ने बताए ।

उनले भने, ‘संस्कृत श्लोकमा भनिएको छ, ‘विद्या ददाति विनय’ यसको अर्थ शिक्षाले केवल ज्ञान मात्र होइन, नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व पनि दिन्छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको आधार हो ।’

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको आधार भएको उल्लेख गरे ।

‘प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको यो युगमा हामीले हाम्रो आधारभूत मूल्य र नैतिकतासँग जोडिदै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ । युवाहरूको सफलता नै हाम्रो देशको सुनौलो भविष्यको आधार स्तम्भ हो,’ उनले भने ।

उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतालाई आत्मसात् गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । शिक्षकहरूलाई राष्ट्र निर्माणका अभियन्ता भन्दै उनले शिक्षकहरूले विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेर समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.