×

हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

खालीपाना न्युजडेस्क | १४ घण्टा अगाडि

रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ ।

फूल तथा फलफूलका बिरुवा रोपेर सजाइएको सडकले अहिले आकर्षक स्वरूप लिएको छ भने यसले स्थानीय स्तरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट चिसापानी जाने सडकअन्तर्गत गाई खुरादेखि चिसापानीसम्म सडक किनारमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएका छन् । ‘हरित सडक’ निर्माण गर्ने लक्ष्यका साथ मन्थली नगरपालिका–८ वडा कार्यालयले यो अभियान सञ्चालन गरेको हो ।

वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार आफूहरू निर्वाचित भएपछि ०८० सालदेखि अभियान सुरु गरिएको थियो । त्यसयता सडक किनारमा करिब एक हजार बिरुवा रोपिएको उनले बताए ।

‘सडकलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले स्थानीय समुदायलाई परिचालन गरेर अभियान चलायौँ,’ श्रेष्ठले भने, ‘स्थानीयको सक्रिय सहभागिताका कारण अभियान सफल भएको छ ।’

उनका अनुसार सडक किनारमा लगाइएका बिरुवाको संरक्षण र स्याहार सम्भारमा समेत स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहेको छ । यसले सामुदायिक सहकार्यबाट विकासका काम प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने सन्देश दिएको उनले बताए ।

हरित सडक अभियानसँगै चिसापानी क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ । सडक क्षेत्रमा बत्ती जडान गर्नुका साथै होमस्टे सञ्चालनको व्यवस्था गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । नेवारी संस्कृति, चिसापानी गढी लगायत यहाँका पर्यटकीय आकर्षण हुन् ।

स्थानीयका अनुसार सडक किनारमा फूल र फलफूलका बिरुवा हुर्किएपछि सो क्षेत्रको सौन्दर्य बढेको छ । यात्रु तथा आगन्तुकहरूका लागि समेत सडक आकर्षणको केन्द्र बन्न थालेको उनीहरूको भनाइ छ ।

वडा कार्यालयले आगामी दिनमा पनि हरियाली संरक्षण, सडक सौन्दर्यीकरण र पर्यटनमैत्री पूर्वाधार विस्तारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्थानीयको सहभागितामा सञ्चालन गरिएको यो अभियानलाई समुदाय र स्थानीय सरकारबिचको सहकार्यको उदाहरणीय नमुनाका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.