×

सगरमाथा संरक्षणमा साइमेक्स बीवाइडी र एसपीसीसीबीच दिगो सहकार्यमा जोड

खालीपाना न्युजडेस्क | ८ घण्टा अगाडि

काठमाडौं । साइमेक्स बीवाइडी चारिटी फाउन्डेसन र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

विश्व वातावरण दिवस २०२६ अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवद्र्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएका हुन् ।

दुवै संस्थाले ‘एभरेष्ट इनिसियटिभ’अन्तर्गत ‘कुल द अर्थ बाई १’ सेल्सियस’ अवधारणामा उक्त परियोजना अगाडि बढाएका हुन् । बीवाइडीले सन् २०२५ देखि एसपीसीसीसँगको सहकार्यमा सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरू समाधानका लागि नवीन तथा दीर्घकालीन उपायमा काम गर्दै आइरहेको छ ।

शुक्रबार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का सिइओ छिरिङ शेर्पा, साइमेक्स बीवाइडीका सिइओ साहिल श्रेष्ठलगायतको उपस्थितिमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेकाले नयाँ रणनीति अनुरुप अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैबीच सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेष्ट १ इनिसियटिभ’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’स्थापना गरेको पनि कार्यक्रममा जानकारी दिइयो ।

उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जानकारी गराइयो ।

आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको निगरानी गरेका थिए । विशेषगरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपीसीसीले जनाएको छ ।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय नतिजा दिएको छ । यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए ।

एसपीसीसीको फोहोर व्यवस्थापन तथा अनुगमन प्रणालीमार्फत क्याम्प–३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर संकलन गरिएको छ ।

त्यस्तै २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव मल व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ ।

एसपीसीसीका अनुसार सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले संस्थाका लागि बहुआयामिक उपलब्धि हासिल गरेको जनाएको छ ।

यी उपलब्धिलाई आधार बनाउँदै एसपीसीसी र सीबीसीएफले आगामी वर्षमा सगरमाथा क्षेत्रमा थप दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने योजना अघि बढाएको कार्यक्रममा जानकारी गराइयो ।

यसअन्तर्गत आरोहीका लागि वातावरणीय अभिमुखीकरण कार्यक्रम सञ्चालन, मानव फोहोर व्यवस्थापन प्रणाली विस्तार, उच्च शिविरमा विशेष फोहोर संकलन केन्द्र स्थापना तथा ड्रोनमार्फत फोहोर ढुवानी प्रणाली विस्तार गरिनेछ ।

यस साझेदारीले सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँगको सहकार्यलाई पनि निरन्तरता दिएको छ । स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि सीबीसीएफले एभरेष्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको जनाएको छ ।

एभरेष्ट १, इनिसियटिभ’लाई तीन चरणमा कार्यान्वयन गर्ने योजना रहेको जनाइएको छ । पहिलो चरण सन् २०२६ मा वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, सरोकारवालासँग छलफल, प्रशिक्षण सामग्री विकास, दुई जना रेन्जर परिचालन, वातावरणीय अभिमुखीकरण भिडियो निर्माण तथा प्रारम्भिक ड्रोन परिचालनमा केन्द्रित हुनेछ ।

सन् २०२७ मा दोस्रो चरणअन्तर्गत वातावरणीय चार्टर कार्यान्वयन, वातावरणीय व्यवस्थापक तालिम, ६ जना रेन्जर परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोन सञ्चालन, १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार तथा याक टोली परिचालन गरिनेछ ।

तेस्रो तथा अन्तिम चरण सन् २०२८ मा दिगोपन सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन हुनेछ । यस अवधिमा रेन्जर परिचालनलाई निरन्तरता दिइने, थप तालिम कार्यक्रम सञ्चालन गरिने, सम्पूर्ण पूर्वाधार पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन गरिने तथा आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरिने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.