×

दोस्रो सातामा ‘लालीबजार’

खालीपाना न्युजडेस्क | ५ घण्टा अगाडि

काठमाडौँ । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौंसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ ।
फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छन् । फिल्ममा यी दुईले आमा र छोरीको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा देखाईएको दृश्यलाई फिल्मको महत्वपूर्णस्थानमा प्रयोग गरिएको छ । जहाँ दर्शकले हलमा ताली र सिट्टी बजाउने गरेका छन् । एउटी आमाले आफ्नो सन्तान रक्षाका लागि जस्तोसुकै लडाई लड्न सक्छिन् भन्ने तथ्य पोस्टरले प्रस्ट पारेको छ ।
बादी समुदायका अभियन्ताले फिल्मलाई आमा र छोरीको मर्मस्पर्शी कथा रहेको भन्दै दर्शकले तारिफ गरेका छन् । सुर्खेतको लक्ष्मी चलचित्र मन्दिरमा एक सय ५० बढी बादी समुदायका दर्शकले फिल्म हेरका थिए । बादी समुदायको अभियन्ताका रुपमा चिनिएका हिरालाल बादीसँगै कुमार बादी, डोल्मा बादी, सपना बादी लगायतले फिल्म हेरेर तारिफ गर्दै उपस्थित टिमलाई धन्यवाद दिएका थिए ।
फिल्ममा शिक्षाको ज्योतिले समुदायले आफ्नो अवस्था बदल्दै साशक विरुद्ध आवाज उठाउने प्रेरणा दिएको सपना बादीले बताइन । उनले भनिन्, ‘शासकले हामी माथि गरेको शोषणलाई फिल्मले उजागर गरेको छ । एउटी आमाले आफ्नो सन्तानका लागि राज्य, शासक, समाजसँग गर्ने सङ्घर्षले हामीलाई प्रेरणा दिएको छ । यो फिल्म हाम्रो समुदायका महिलाले हेर्नुपर्ने बनेको छ ।’
उनले फिल्म निर्माण टिमलाई धन्यवाद दिँदै आफ्नो समुदायका महिलालाई फिल्म देखाउने बताइन् । उनी अगाडि देवीसरा बादी, हिक्मत बादी, रमा बादी, यस्थर बादी जस्ता अभियन्ताले फिल्म हेरेर तारिफ गरिसकेका छन् । सुर्खेतबाट सुरू भएको मोफसल भ्रमण अन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता प्रदीप भट्टराईको टोलि नेपालगंज र बुटवलका दर्शकसँग साक्षात्कार गरेर काठमाडौँ फर्किएका छन् ।
यो विकेन्डमा काठमाडौं उपत्यका अन्तगरतका हलमा दर्शकसँग साक्षात्कार गरेर पुनः मोफसल यात्रामा फर्किने योजना टिमको छ । मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित रहेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन् ।
‘हामीले जसको कथा र व्यथा देखाएका छौँ, उहाँहरुले नै फिल्म हेरेपछि धन्यवाद दिनुभयो । हामीले गरेको काम र फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नु भएको छ, यो नै हाम्रो सफलता हो । हामी नेपालभरका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिन आतुर छौँ ।’
फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको कामको तारिफ भइरहेको छ । फिल्म हेरेर निस्किने दर्शकले दुवैको कामलाई निकै तारिफ गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले पहिलो दिनको तुलनामा दोस्रो हप्तामा शो सङ्ख्या बढोत्तरी भएको बताए ।
‘हामी दोस्रो सातामा अझै बढी शो सङ्ख्यासहित सिनेमाघरमा छौँ, दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन । दर्शक जुन विश्वास बोकेर फिल्म हेर्न आउनुभएको छ, फर्किंदा सन्तुष्टी देखेका छौँ । यो हाम्रो सफलता हो’, निर्माता खत्रीले भने ।
उनले स–परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिदै गर्दा रुँदै बाहिरिएको बताए । फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।
‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स–परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.