×

‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने : आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौँ । आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् ।

प्रदर्शनको पूर्व सन्ध्यामा बिहीबार बेलुकी गरिएको भव्य प्रिमियरमा फिल्म हेर्न आइपुगेका बादी समुदायका अभियन्ताले फिल्मको विषयवस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठूलो पर्दामा हेर्दा आँखा रसाएको प्रतिक्रिया दिएका छन् ।

बादी समुदायकी अभियता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने फिल्म बनेको छ ।’

उनीसँगै प्रिमियरमा सहभागी अन्य बादी समुदायका अभियन्ताले पनि फिल्मले कुनै समुदायको भावनामा ठेस नपुर्याउनेमा जोड दिए । उनीहरूसँगै फिल्म हेर्ने अधिकास सेलिब्रेटीको आँखा रसाएका थिए । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे ।

कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो फिल्मले १० नै नम्बर डिजर्भ गर्छ ।’

उनले फिल्मको विषयवस्तु छनोट गरेर निर्माण पक्षले देखाएको सहासको तारिफ गरे । कलाकार हरिवंश आचार्यले फिल्म सामाजिक संदेशसहित मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए ।

‘फिल्म एकदमै राम्रो छ, शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो फिल्मको सूचीमा पर्छ ‘लालीबजार’अभिनेता आचार्यले भने ।

प्रिमियरमा उपस्थित फिल्मकर्मीले विषयवस्तुसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रसंशा गरेका थिए । फिल्ममा उनले निर्वाह गरेको भूमिकाले उपस्थित फिल्मकर्मीको आँखा रसाएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएको प्रतिक्रिया दिँदै निर्माण कम्पनी षट्कोण आट्र्सले राम्रो फिल्म बनाएको बताए ।

‘स्वस्तिमा आफैँमा आफ्नो अभिनय क्षमताका कारण चर्चामा आउँछिन्, यसपटक उनले आफ्नो उचाई झन् बढाएकी छिन् । यो फिल्म हेर्ने जो कोहीको आँखा रसाउँछ, ढुक्क हुनुस् । यो फिल्म हाम्रो भाषामा भन्दा बबाल नै चल्छ,’अध्यक्ष डिसीले भने ।
उनले फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए । फिल्म हेर्न आइपुगेकी पूर्व मन्त्री सुमना श्रेष्ठले फिल्मले सामाजिक विभेद र त्यस विरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन ।

‘षट्कोण आट्र्सले सामाजिक विषयमा फिल्म बनाउँदै आइरहेको छ, यसपटक विषयवस्तु छनोटमा झनै परिपक्क भएको महसुस भयो । हाम्रो समाजमा रहेका राम्रा र नराम्रा पक्षलाई स्पष्टसँग सबैले महसुस गर्ने गरी देखाइएको छ । फिल्म हेने आउनेले केही सिक्दै, बुझ्दै नै फर्किनुहुन्छ भन्ने मलाई लागेको छ’ श्रेष्ठले भनिन् ।

नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजारु फिल्ममा कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरिएको बताए ।

उनले भने,‘लालीबजारलाई किन विवादमा ल्याईयो मैले बुझिन् । यसले कलात्मक रुपमा विद्रोह बोलेको छ । यो एउटा आमाको कथा हो, जहाँ आमाले छोरीका लागि गर्ने सङ्घर्षलाई देखाईएको छ । यो फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्दै हलबाट निस्किदै गर्दा केही दिएर नै पठाउँछ ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मले देखाएको विषयले जो सुकै दर्शकको मनछुने बताए । ‘मैले सोचेको भन्दा बढी राम्रो लाग्यो फिल्म, किनकि यसको चर्चाले नै मेरो अपेक्षा बढाएको थियो । यो फिल्मलाई फिल्मकै रुपमा हेर्दा पनि मनोरन्जक छ भने यसले दिएको संदेश निकै महत्वपूर्ण छ । यसले दिएको संदेश बढी भन्दा बढी दर्शकसम्म पुग्नु जरुरी छ, त्यसैले यो फिल्म हेर्न जरुरी छ जस्तो लागेछ,’ निर्देशक बस्नेतले भने ।

प्रिमियरमा फिल्म हेरेर निस्किएका अभिनेता अनुपबिक्रम शाही, महेश त्रिपाठी, गौरी मल्ल, गरिमा शर्मा, तेरिया मगर लगायतले पनि फिल्मको विषयले मन छोएको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.