×

भावविहीन हुँदै गएको समकालीन गीत लेखनप्रति रचनाकार आचार्यको चिन्ता

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । रचनाकार तथा साहित्यकार विधान आचार्यले नेपाली समकालीन गीत लेखनमा भाव पक्ष कमजोर बन्दै गएको बारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पहिलेका गीतहरूमा कविहरूले आफ्नो हृदयबाट निस्किएको गहिरो अनुभूति, जीवनदर्शन र सामाजिक यथार्थलाई आधार बनाएर रचना गर्ने गरेको उल्लेख गरे । तर अहिले धेरै गीतहरू शब्द, टुक्का र मनोरञ्जनात्मक शैलीमा मात्र सीमित हुँदै गएको उनले बताए ।

उनले गीतको वास्तविक सौन्दर्य यसको भाव पक्षमा रहने स्पष्ट पार्दै भने,‘गीतको सबैभन्दा गहिरो पक्ष भनेको यसको भाव हो । त्यो भावलाई पछि संगीतकारले लयमा उतार्छन् । यदि भाव नै कमजोर भयो भने गीतको आत्मा कमजोर हुन्छ ।’
उनका अनुसार अहिले धेरै गीतहरूमा भावको गहिराइभन्दा शब्द मिलाउने, आकर्षक लाइन बनाउने र नाच्ने शैलीलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ । उनले भने, ‘अहिले धेरै गीतहरूमा शब्द त हुन्छन, तर त्यसले बोकेको अर्थ र गहिराइ हराउँदै गएको देखिन्छ। गीत केवल सुन्न र नाच्नका लागि मात्र होइन, महसुस गर्नका लागि पनि हुनुपर्छ ।’
उनले गीतले श्रोतालाई भावनात्मक रूपमा जोड्न सक्नुपर्नेमा जोड दिए । पहिलेका नेपाली गीतहरूको उदाहरण दिँदै त्यसबेला कविहरूले गहिरो साहित्यिक चेतना र जीवन अनुभवका आधारमा गीत लेख्ने गरेको स्मरण गरे । उनका अनुसार कालिप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी र माधव घिमिरेजस्ता स्रष्टाहरूका गीतहरूमा सरल शब्द भए पनि गहिरो अर्थ र जीवनदर्शन हुने गरेको थियो ।
उनले भने, पहिलेका नेपाली गीतहरू त्यसबेला कविहरूले गहिरो साहित्यिक चेतना र जीवन अनुभवका आधारमा गीत लेख्ने गर्थे । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् जस्ता गीतहरूले केवल शब्द होइन, देश, प्रकृति र जीवनसँगको सम्बन्ध पनि उजागर गरेका थिए ।’ उनका अनुसार अहिलेका गीतहरूमा त्यस्तो गहिरो सामाजिक वा सांस्कृतिक चेतना कम हुँदै गएको देखिन्छ ।
उनले थपे, ‘पहिले गीत लेख्दा कविहरूले भित्रको अनुभूति बाहिर ल्याउँथे । अहिले भने धेरैजसो गीतहरू टुक्का मिलाएर बनाइएका जस्ता लाग्छन् । त्यसले गीतको आत्मा कमजोर बनाइरहेको छ ।’
उनले गीतलाई साहित्यको एक गम्भीर विधा भएको उल्लेख गर्दै यसको साहित्यिक पक्ष कमजोर हुँदै गएको बताए । उनका अनुसार गीत, कविता, गजल र मुक्तक सबैको आफ्नै संरचना र सौन्दर्य हुन्छ, तर अहिले धेरै ठाउँमा यी विधाहरूलाई हल्का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।
रचनाकार आचार्यले गजल गाउन मिल्ने र संरचनात्मक रूपमा सन्तुलित हुनुपर्ने विधा हो, तर अहिले धेरै गजलहरू त्यस मानकमा नपरेको देखिएको गुनासो गरे । उनले भने,‘साहित्यलाई नाम मात्रका आधारमा प्रस्तुत गर्नु हुँदैन। त्यसको संरचना, भाव र शिल्प सबै परीक्षण गरेर मात्र प्रस्तुत गर्नुपर्छ ।’
उनले एफएम रेडियो र मिडियाहरूलाई पनि जस्तो पायो त्यस्तो सामग्रीलाई संगीत वा साहित्यको नाममा प्रसारण नगर्न सुझाव दिए । उनले गीतमा भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भावलाई पछि संगीतले जीवन दिने काम गर्ने धारणा राखे । उनका अनुसार संगीतकारको भूमिका महत्वपूर्ण हुन्छ, तर आधार भनेको गीतकारको भावनात्मक र साहित्यिक सिर्जना हो ।
उनले भने, ‘यदि गीतमा गहिरो भाव छ भने मात्र संगीतकारले त्यसलाई अझ जीवन्त बनाउन सक्छ । भाव कमजोर भयो भने संगीत जति राम्रो भए पनि गीतले श्रोतालाई छुन सक्दैन ।’
उनले गीतलाई साहित्यिक रूपमा सरल भए पनि अर्थपूर्ण हुनुपर्ने बताउँदै दुई चार लाइनका गीतले पनि जीवनका ठूला सन्देश दिन सक्ने जानकारी दिए । वर्तमान समयमा सिर्जनात्मक क्षेत्र चुनौतीपूर्ण बन्दै गएको उनले बताउँदै उनले धेरै स्रष्टाहरू सिर्जनाबाट मात्र जीवन चलाउन असमर्थ रहेको र जसले उनीहरूलाई अन्य पेशामा पनि संलग्न हुन बाध्य बनाएको स्पष्ट पारे ।
उनले आफ्नो अनुभव सुनाउँदै भने ,‘म विश्वविद्यालयको प्राध्यापन सेवामा भएकाले गीत लेखनलाई निरन्तरता दिन कठिन भएको छ । म गीत मात्रै लेखेर बस्न असक्षम छु, त्यसैले प्राध्यापन र अनुसन्धानमा पनि संलग्न छु । ’
उनका अनुसार सिर्जनशील व्यक्तिहरूले बहुआयामिक सीप विकास गर्न आवश्यक छ । एउटा मात्र सीपमा निर्भर हुँदा जीवनयापन कठिन हुने उनले बताए ।
राज्य, समाज, परिवार र शैक्षिक संस्थाहरूले सिर्जनात्मक व्यक्तिहरूलाई उचित सम्मान र अवसर दिनुपर्नेमा उनले जोड दिए । उनका अनुसार यदि सिर्जनात्मक व्यक्तिहरूलाई पहिचान, सम्मान र आर्थिक सहयोग उपलब्ध गराइयो भने उनीहरूले अझ राम्रो सिर्जना गर्न सक्छन् ।
सिर्जनात्मक व्यक्तिहरूलाई केवल कलाकार भनेर मात्र होइन, उनीहरूको योगदानलाई राज्यले पनि मूल्य दिनुपर्ने उनको माग छ । आचार्यले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सिर्जनात्मक व्यक्तिहरूको पहिचान र संरक्षण आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.