काठमाडौं । षट्कोण आट्र्सको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो । २०४३ सालदेखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गर्ने प्रयास गरेको छ ।
फिल्मको कथावस्तु अनुसार, बादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ । विशेषगरी एउटा आमाले आफ्नी छोरीलाई त्यस्तो दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा अभिनेता रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभइ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको बताएका छन् ।
उनले भने, ‘लालीबजार’ फिल्म आउँदैछ र त्यसको प्रचार–प्रसारमा व्यस्त छौं । फिल्म पश्चिम नेपालको बादी समुदायको कथा र व्यथामा आधारित पिरियड फिल्म हो, जसले २०४३ देखि ०५८ सालसम्मको समयलाई समेट्छ । त्यो समयको सामाजिक संरचना निकै जटिल थियो । आर्थिक रूपमा सबल र सत्तामा पहुँच भएका व्यक्तिहरूले कमजोर समुदायमाथि दबाब र शोषण गर्ने अवस्था थियो । ‘नथी’ भन्ने परम्पराले महिलाहरूलाई सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्ति देखाउँथ्यो । फिल्ममा एक आमाले आफ्नो छोरीलाई त्यस्तो परिस्थितिबाट बचाउन समाज र सत्तासँग लडेको कथा प्रस्तुत गरिएको छ । म स्वयंले त्यस समयमा प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेको छु, जसले कथालाई अझ गहिरो बनाउँछ ।’
उनले फिल्ममा त्यही परिवेशभित्र एक आमाले आफ्नी छोरीलाई दमनकारी परिस्थितिबाट जोगाउन समाज र सत्तासँग गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको बताए । बानियाँ स्वयंले पनि प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेका छन् ।
उनका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक दायित्वबोधका साथ निर्माण गरिएको फिल्म हो । ‘यस फिल्ममार्फत उक्त समुदायले भोगेका पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
फिल्म निर्माणका क्रममा टिमले विभिन्न स्थानमा पुगेर अध्ययन, अनुसन्धान तथा स्थानीय समुदायसँग अन्तरक्रिया गरेर कथा तयार पारेको उनले जानकारी दिए ।
अघिल्ला फिल्महरूमा हल्का–फुल्का विषयवस्तु समेटिएको भए पनि यसपटक गम्भीर र संवेदनशील विषय रोजिएको उनले बताए । साँचो घटना र परिवेशबाट प्रेरित भएकाले फिल्मलाई थप जिम्मेवारीका साथ निर्माण गरिएको उनको भनाइ छ ।
उनले भने, ‘फिल्म केवल व्यापारिक हिसाबले बनाएका होइनौं । यो हाम्रो सामाजिक दायित्व पनि हो । जसले यस्तो पीडा भोग्नुभयो, उहाँहरूलाई सम्मान र ‘ट्रिब्युट’ दिनु पनि हाम्रो उद्देश्य हो । त्यसैले विभिन्न स्थानमा पुगेर अनुसन्धान गरेर, समुदायसँग नजिकिएर कथा तयार पारेका छौं । अघिल्ला फिल्महरूमा हल्का–फुल्का विषय उठाएका थियौं, तर यसपटक संवेदनशील र गम्भीर विषयमा काम गरेका छौं। फिल्म साँचो घटना र परिवेशबाट प्रेरित भएकाले अझ जिम्मेवारीका साथ निर्माण गरिएको हो ।’
दर्शकलाई सम्बोधन गर्दै बानियाँले फिल्म हेर्नुअघि यसको पोस्टर, टिजर, गीत तथा ट्रेलर अवलोकन गर्न र उपयुक्त लागेमात्र हलसम्म पुग्न आग्रह गरे । साथै, फिल्म मन परेमा अरूलाई पनि सिफारिस गर्न उनले अनुरोध गरेका छन् ।
उनले सीमित स्रोतसाधनका कारण प्रचारमा चुनौती रहेको उल्लेख गर्दै दर्शकको साथ र समर्थन नै फिल्मको मुख्य बल भएको बताए ।
उनले भने, ‘दर्शकलाई आग्रह छ–पोस्टर, टिजर, गीत र ट्रेलर हेरेर फिल्म राम्रो लाग्छ भन्ने विश्वास भए मात्र हेर्नुहोस् । राम्रो लागेमा अरूलाई पनि सिफारिस गर्नुहोस् ।स्रोत सीमित छ, त्यसैले दर्शकको साथ र माया नै हाम्रो मुख्य बल हो ।’
नेपाली फिल्म उद्योगको अवस्था
बानियाँका अनुसार नेपाली फिल्म उद्योग अहिले परिवर्तनको चरणमा रहेको छ । नयाँ पुस्ता अध्ययन, तालिम र अन्तर्राष्ट्रिय अनुभव लिएर फिल्म क्षेत्रमा प्रवेश गरिरहेकोले भविष्यप्रति आशा बढेको उनले बताए ।
उनले भने, ‘पहिले सिक्दै–गर्दै काम गर्नुपथ्र्यो, अहिले सिकेर आउने पुस्ता छ । यसले उद्योगलाई अझ अगाडि लैजान सक्छ ।’
यद्यपि, प्रविधिको तीव्र विकास, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले उद्योगमा नयाँ चुनौती पनि थपिएको उनले उल्लेख गरे । ‘प्रविधि अवसर पनि हो, तर त्यसअनुसार हामी तयार हुनुपर्छ,’ उनले भने ।
निर्माण पक्षले ‘लालीबजार’ बैशाख १८ गतेबाट दर्शकमाझ आउँदैछ । सामाजिक यथार्थमा आधारित फरक धारको कथावस्तुका कारण फिल्मले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.