×

नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ ।
आज कै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। त्यसैले हरेक वर्ष वैशाख ९ लाई ‘नेकपा स्थापना दिवस’का रूपमा मनाइन्छ ।
यो दिन केवल एउटा राजनीतिक दलको स्थापना भएको दिन मात्र होइन, नेपालमा वामपन्थी विचारधारा, वर्गसंघर्ष, सामाजिक न्याय र समानतामूलक समाज निर्माणको औपचारिक सुरुवात भएको ऐतिहासिक क्षण पनि हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामबजारमा भएको थियो। त्यसबेला नेपाल राणा शासनको कठोर निरंकुशतामा थियो । जनतामा राजनीतिक अधिकार थिएनन्, अभिव्यक्ति स्वतन्त्रता थिएन, शिक्षा र अवसरमा सीमित वर्गको मात्र पहुँच थियो । यस्तो अवस्थामा समाज परिवर्तनका लागि संगठित वैचारिक आन्दोलन आवश्यक ठानिएको थिया । यही आवश्यकताबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो ।
पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । उनलाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख वैचारिक अगुवा मानिन्छ।
पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई नेपाली समाजको सन्दर्भमा व्याख्या गर्दै जनआधारित राजनीतिक परिवर्तनको मार्ग प्रस्तुत गरेका थिए। उनले वर्गीय शोषणको अन्त्य, सामन्तवादको विरोध, राष्ट्रिय स्वाधीनता, जनअधिकार र समाजवादको पक्षमा स्पष्ट राजनीतिक दृष्टिकोण दिएका थिए।
स्थापनाकालमा पार्टीसँग जोडिएका अन्य नेताहरूमा मनमोहन अधिकारी, नरबहादुर कर्माचार्य, केशरजंग रायमाझी, निरञ्जन गोविन्द वैद्य लगायत थिए । उनीहरूले राणा शासनविरुद्ध राजनीतिक चेतना फैलाउने, श्रमिक–किसानका मुद्दा उठाउने र लोकतान्त्रिक अधिकारका लागि जनतालाई संगठित गर्ने काम गरे ।
नेपाल कम्युनिष्ट पार्टीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको आन्दोलनमा वामपन्थी विचारधाराले बलियो प्रभाव पारेको थियो । त्यसपछि पनि पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, बहुदलीय लोकतन्त्रको पुनःस्थापना, २०६२÷६३ को दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कम्युनिष्ट शक्तिहरू निर्णायक रूपमा सक्रिय रहे ।
तर नेकपाको इतिहास केवल संघर्ष र उपलब्धिको मात्र कथा होइन, विभाजन र पुनर्गठनको पनि लामो यात्रा हो । वैचारिक मतभेद, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभाव, नेतृत्व संघर्ष र रणनीतिक असहमतिका कारण पार्टी पटक–पटक विभाजित भयो। सोभियत संघ र चीनबीचको वैचारिक मतभेदले पनि नेपाली कम्युनिष्ट आन्दोलनमा असर पारेको थियो ।
यही विभाजनका क्रममा नेपाल कम्युनिष्ट आन्दोलन विभिन्न धारमा विभाजित हुँदै गयो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा विप्लव, नेकपा संयुक्त लगायत धेरै दलहरू यही मूल पार्टीबाट विकसित भए । कसैले संसदीय लोकतन्त्रको बाटो रोजे भने कसैले सशस्त्र जनयुद्धलाई परिवर्तनको माध्यम माने ।
विशेषगरी २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धले नेपालको राजनीतिक संरचनामा गहिरो प्रभाव पार्यो । दस वर्ष लामो द्वन्द्वपछि शान्ति प्रक्रिया सुरु भयो र त्यसले गणतन्त्र स्थापना, राजतन्त्रको अन्त्य र नयाँ संविधान निर्माणसम्मको बाटो खोल्यो। यस प्रक्रियामा पनि कम्युनिष्ट धारकै शक्तिहरू केन्द्रमा रहे ।
२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो ।
यो एकता नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक मोड मानिएको थियो । तर नेतृत्व विवाद, शक्ति सन्तुलन र राजनीतिक मतभेदका कारण उक्त एकता लामो समय टिक्न सकेन । २०७७ सालमा सर्वोच्च अदालतको फैसलापछि नेकपा पुनः एमाले र माओवादी केन्द्रमा विभाजित भयो ।
आजको अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक शक्तिहरूमध्ये अधिकांश कम्युनिष्ट धारबाट आएका दलहरू नै छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान कार्यान्वयन, समावेशी शासन, समाजवाद उन्मुख अर्थतन्त्र र जनअपेक्षाको राजनीतिमा उनीहरूको प्रभाव अझै बलियो छ । तर जनतामा बढ्दो निराशा, भ्रष्टाचार, वैचारिक अस्पष्टता र नेतृत्वप्रतिको अविश्वासले कम्युनिष्ट आन्दोलनमाथि गम्भीर प्रश्नहरू पनि उठाइरहेको छ ।
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी , नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी) लगायतका वामपन्थीहरुबीच एकीकरण भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ ।
जेन–जी आन्दोलनपछि वामपन्थी दलहरूभित्र पनि आत्मसमीक्षाको बहस बढेको देखिन्छ । समाजवादको नारा बोकेर सत्तामा पुगेका दलहरू जनअपेक्षाअनुसार काम गर्न नसकेको आलोचना तीव्र रुपमा छ ।
युवाहरूले अब केवल विचारधारा होइन, परिणाम खोजिरहेका छन् । यसले ‘वाम राजनीति’लाई नयाँ पुस्तासँग पुनः जोडिनुपर्ने चुनौती थपेको छ ।
स्थापना दिवसका अवसरमा विभिन्न कम्युनिष्ट दलहरूले पुष्पलालसहित संस्थापक नेताहरूलाई स्मरण गर्दै कार्यक्रम आयोजना गर्छन् । विचार गोष्ठी, श्रद्धाञ्जली सभा, राजनीतिक बहस र पार्टी पुनरावलोकनका माध्यमबाट यो दिनलाई ऐतिहासिक रूपमा सम्झिने गरिन्छ ।
आजको नेकपा स्थापना दिवसले एउटा महत्वपूर्ण प्रश्न के उठाउँछ भने पुष्पलालले देखेको समानतामूलक, शोषणमुक्त र न्यायपूर्ण समाजको सपना पूरा भएको छ ? राजनीतिक परिवर्तन धेरै भए, शासन व्यवस्था फेरियो, संविधान बदलियो, तर जनताको जीवनमा अपेक्षित रूपान्तरण कति आयो भन्ने बहस अझै जारी छ ।
यस अर्थमा नेकपा स्थापना दिवस केवल विगत सम्झने दिन होइन, भविष्यको दिशा खोज्ने अवसर पनि हो। नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो इतिहासबाट पाठ सिकेर जनविश्वास पुनः निर्माण गर्न सके मात्र स्थापना दिवसको वास्तविक अर्थ पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.