×

‘पहाड’ हेरेका दर्शकसँग कलाकार : ‘मन जितेको छ, आफ्नै कथा भन्नुभएको छ’

खालीपाना न्युजडेस्क | २ महिना अगाडि

काठमाडौँ । नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

निर्माण टिमले काठमाडौँ उपत्यका अन्तर्गतका हलमा भिजिट गरिरहेको छ । भिजिटका क्रममा दर्शकले दिएको प्रतिक्रियाले आफू सहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताए ।

‘दर्शकले हामीलाई दिएको प्रतिक्रियाले निकै उत्साहित भएका छौ । दर्शकले आफ्नै कथा भन्नुभएको छ । मैले जे बुझाउन खोजेको थिए, दशकसम्म त्यो पुगेको छ,’ निर्देशक घिमिरेले भने ।

बेरोजगारी, मानववीहिन रितिएको पहाड र पानीको समस्यामा आधारित फिल्मले दर्शकको मन जितेको प्रतिक्रिया पाएको अभिनेता विपिन कार्कीले बताए ।

‘फिल्मलाई दर्शकले दिनुभएको प्रतिक्रियाले अझैँ भीडभाड बढ्छ भन्नेमा विश्वस्त छु । फिल्मले नेपाली माटोको कथा बोलेको छ, हाम्रो आफ्नो मौलिक कथा हो । सबैलाई यसले बाँध्छ,’अभिनेता कार्कीले भने ।

फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको अभिनेता अरुण क्षेत्रीले बताए ।
उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । दर्शकले त्यसलाई रुचाउनु भएको छ ।’ फिल्मका कलाकारले काठमाडौँ उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् ।

फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन रोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.