×

NMC चुनाव: उम्मेदवार डा. उज्वल ठाकुर (No.31) ले सार्वजनिक गरे १० बुँदे एजेण्डा, चिकित्सक सुरक्षा र प्रणाली सुधार मुख्य प्राथमिकतामा

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौं – नेपाल मेडिकल काउन्सिल (NMC) सदस्यमा उम्मेदवारी दिएका डा. उज्वल ठाकुर (No.31) ले आगामी कार्यकालका लागि चिकित्सकको सुरक्षा, लाइसेन्स प्रक्रिया सरलिकरणदेखि सुरु गरि स्वास्थ्य क्षेत्रका प्रमुख चुनौती समाधान गर्ने उद्देश्यसहित १० बुँदे एजेण्डा सार्वजनिक गरेका छन्।

उनी चिकित्सकमाथि बढ्दै गएको जोखिम, कानुनी अस्पष्टता र कार्य–जीवन सन्तुलनका विषयमा ‘दृढ र तत्काल लागू हुने कदम’ उठाउने प्रतिवद्धता व्यक्त गर्छन्।

चिकित्सक सुरक्षा सर्वाेच्च प्राथमिकता

डा. ठाकुरले आफ्नो पहिलो एजेण्डामा Doctor Protection Act तर्जुमा गरेर चिकित्सकविरुद्ध हुने आक्रमण रोक्न कडा कानुनी संरचना आवश्यक रहेको बताए।
उनले Police FIR दर्ता सहज बनाउने, अनावश्यक धरपकड, गिरफ्तारी र धम्कीपूर्ण व्यवहारमा Zero Tolerance अपनाउने उल्लेख गरेका छन्।

साथै अस्पतालमै हुने विवाद समाधानका लागि Medico–Legal Desk स्थापना र मेडिकल रिभ्यू बोर्ड प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

Resident र Trainee चिकित्सकका समस्या समाधान

स्वदेशमै अध्यायन र कार्यको वातावरण बनाउन Accommodation, Insurance, कार्यस्थल सुरक्षा, र मानव संसाधन व्यवस्थापन बलियो बनाउने उनले बताएका छन्।
देशभित्रै अवसर वृद्धि गरी Brain Drain नियन्त्रण गर्ने उनको धारणा छ।

लाइसेन्स प्रणालीमा ठूलो सुधारको घोषणा

डा. ठाकुरले अहिलेको झन्झटिलो लाइसेन्स प्रक्रियालाई Direct License System मा रुपान्तरण गर्ने, Permanent र Temporary License दुबैमा सरलता ल्याउने दाबी गरेका छन्।

त्यस्तै, लाइसेन्स नवीकरण द्रुत, सजिलो र प्रभावकारी बनाइ व्यवस्थापकीय झन्झट हटाइने उनले बताएका छन्।

Smart NMC: कागजरहित आधुनिक प्रणाली

‘Once and For All’ अभियानअन्तर्गत NMC का सम्पूर्ण फारम र प्रक्रिया Online System मा स्थानान्तरण गर्दै Hardcopy हटाइने उनको योजना छ।
उनी भन्छन्— “Zero Paper, Zero Hassle, Smart NMC नै अबको आवश्यकता हो।”

Quackery विरुद्ध कठोर कारबाही

स्वास्थ्य क्षेत्रमा अवैध अभ्यास बढ्दै गएको अवस्थामा Quackery Zero Tolerance नीति लागू गर्ने, अनधिकृत उपचारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्ने उनले बताएका छन्।

चिकित्सकलाई उद्यमशीलता र नेतृत्वतर्फ प्रोत्साहन

“Entrepreneurial Doctors” अभियानमार्फत चिकित्सकलाई उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रमै नेतृत्व भूमिकामा प्रोत्साहन दिने योजना समेत एजेण्डामा रहेको छ।

मानसिक स्वास्थ्य र कार्य–जीवन सन्तुलनमा जोड

अत्यधिक कार्यभार (Overwork) कम गर्दै चिकित्सकको Mental Health र Work–Life Balance सुधार गर्ने कार्यक्रम पनि उनले अघि सारेका छन्।

पोस्टिङ/ट्रान्सफरमा पारदर्शिता

मानव संसाधन व्यवस्थापनमा हुने अनियमितता रोक्दै स्थानान्तरण प्रणालीलाई Merit-Based पारदर्शी प्रक्रिया बनाउनुपर्ने उनको अडान छ।

“Doctors Not Slaves” अभियान

Intern र Resident चिकित्सकले भोग्दै आएका समस्या, कार्यस्थलको असुरक्षा र असमान व्यवहार अन्त्य गर्दै उनीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिने उनको प्रतिवद्धता पनि एजेण्डामा समेटिएको छ।

उम्मेदवारको अपिल

डा. ठाकुरले स्वास्थ्यकर्मीप्रति भएको अन्याय रोक्न अब कडाइको आवश्यकता रहेको बताउँदै भने—
“हामी डाक्टर हौं, अपराधी होइनौं। जीवन बचाउने पेशाकै लागि सुरक्षा, सम्मान र पारदर्शी प्रणाली अपरिहार्य छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.