×

निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको राज खुल्दै गएको बताएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताए । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदैछ’, उनले भने ।

भट्टराईले सरकारको व्यवहार र सुरक्षा व्यवस्थाको कारण तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनले बताए । यस्तो प्रतिकूल र चुनावको वातावरण भइनसकेको अवस्थामा चुनाव हुन्छ भनेर कुरेर बस्नुको अर्थ अहिलेको सरकारको म्याद थप्ने र थप अस्थिरता बढाउने कुरा मात्र हुने उनको धारणा छ । त्यसैले संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर संविधानसम्मत रूपमा सरकार गठन गरेर अघि बढ्नु पर्ने उनको राय छ ।

‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अहिलेको सरकार वैधानिक सरकार नभएको बताए । त्यसैले यो सरकारलाई हटाउन नेकपा एमालेले सडक सङ्घर्ष सुरु गरेको उनले जानकारी दिए । यो सरकारलाई हटाएर संसद् पुनर्स्थापना गरी संसद् र संविधान भित्रैबाट सरकार बन्नु पर्नेमा ढुङ्गेलले जोड दिए ।

ढुङ्गेलले एमालेले गाउँदेखि सहरसम्म योजनाबद्ध विरोध र जनपरिचालनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । सो अभियानमा सक्रिय सहभागिता जनाउन उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
ढुङ्गेलले अहिले राज्यको मुख्य प्रशासनिक भवन, संसद् भवन तथा न्यायपालिकाका साथै राजनीतिक दल र व्यक्तिका घर समेत ध्वस्त बनाइएको बताए । यो कालो इतिहास लेख्ने कामको एमालेले भत्र्सना गर्ने ढुङ्गेलले बताएका छन् ।

उनले अहिलेको सरकार दुईचार जनाले अँध्यारो कोठामा बसेर बनाएको सरकार भएकोे बताए । लाखौँ भोट लाएको प्रधानमन्त्रीलाई हटाएर अँध्यारो कोठा भित्रबाट बनाइएको सरकार हटाउन एमालेले जनपरिचालनको कार्यक्रम ल्याएको ढुङ्गेलले स्पष्ट पारे ।

बैठकमा पालिका कमिटीका इञ्चार्जहरूले स्थानीय बस्तुस्थिति बारे जानकारी गराए । केही समय समस्या भए पनि अहिले पार्टी प्रतिको आकर्षण र उत्साह पुनः बढ्दै गएको पनि सुनाए ।
पार्टी केन्द्रको निर्देशन अनुसार वडास्तरका विभिन्न कार्यक्रम भएको बताउँदै पालिका र जिल्लास्तरको जनपरिचालनको तयारीमा लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.