×

बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम १५ प्रतिशत मात्र सम्पन्न

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

बुटवल — गत वर्ष माघ १० गते शिलान्यास गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत मात्र भौतिक र १२ प्रतिशत वित्तीय प्रगति भएको छ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्म ६९ किलोमिटर सडक विस्तार योजना मध्ये पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर खण्डमा काम भइरहेको छ। बाँकी १९ किलोमिटर (गोरुसिङ्गे–चन्द्रौटा) विस्तारको तयारी सरकारका अनुसार अघि बढाइँदैछ।

 

हाल निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरिएको छ — बुटवलदेखि कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्मको २५ किलोमिटर।

 

यो राजमार्ग खण्ड करिब छ दशकपछि विस्तार भइरहेको हो। निर्माणको जिम्मा चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभी ले लिएका छन्। कुल लागत १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ रहेको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको छ।

 

काममा ढिलाइका कारण

आयोजनाकी प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार, वर्षायाम, जेनजी आन्दोलन, र चाडपर्वका कारण काममा ढिलाइ भएको हो। उनका अनुसार सामान्यतया ८ सयजति मजदुर हुने ठाउँमा अहिले १५०–२०० जनामात्रै कार्यरत छन्।

 

उनी भन्छिन्, “छठ पर्व सकिएपछि मजदुर संख्या बढ्ने र काम तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ।” आयोजनाले समयमै काम सक्नका लागि दैनिक कम्तीमा एक हजार मजदुर आवश्यक पर्ने जनाएको छ।

 

हाल सडक विस्तारसँगै पुल, कल्भर्ट, नाली, अन्डरपास, वाल र अन्य संरचना निर्माण कार्य भइरहेको छ। पुलहरूको पाइलिङ र फाउन्डेसनको काम पूरा भइसकेको र अन्डरपास तथा एनिमल क्रसिङका काम अघि बढेको आयोजनाले जनाएको छ।

 

सबैभन्दा लामो पुल बाणगंगा नदीमा

 

यो सडक खण्डमा बन्ने सबैभन्दा लामो पुल बाणगंगा नदीमा ३०० मिटर लामो निर्माणाधीन छ। पुलको जटिल संरचना पूरा भइसकेको र अब बाँकी भागको फटाफट जडानका लागि तयारी भइरहेको इन्जिनियर न्यौपानेले बताइन्।

 

नदीजन्य पदार्थ अभावको चिन्ता

आयोजनाले छठ पर्वपछि काम तीव्र गर्ने तयारी गरे पनि तिनाउ र दानव नदीबाट आवश्यक निर्माण सामग्री ल्याउने अनुमति प्रक्रिया अझै टुङ्गो लाग्न बाँकी छ। न्यौपानेका अनुसार, स्थानीय तहले अनुमति नदिँदा आगामी दिनमा नदीजन्य पदार्थ अभाव हुने सम्भावना छ।

 

यात्रीलाई कम सास्ती

अन्य सडक विस्तार परियोजनाहरूको तुलनामा बुटवल–गोरुसिङ्गे सडकमा यात्रा गर्दा यात्रुहरूलाई कम सास्ती भएको बताइएको छ। यस सडकमा एकैपटक दुवै लेन नखोलेर दुवैतर्फबाट चरणबद्ध रूपमा विस्तार कार्य भइरहेको छ।

 

अन्डरपास र एनिमल क्रसिङ संरचना निर्माण

विस्तारित सडक खण्डमा ६ वटा भेहिकल अन्डरपास, १९ वटा एनिमल अन्डरपास, र करिब १९ वटा पैदल ओभरपास बनाइनेछ। हाल सालझन्डी–पिपरा खण्डमा ४ वटा एनिमल अन्डरपास निर्माण भइसकेका छन्।

 

न्यौपानेका अनुसार, सडकमा पर्ने वन क्षेत्रका कारण यो सडकलाई वन्यजन्तुमैत्री डिजाइन गरिएको हो, जसले सवारीसाधनको गति बढे पनि जनावरहरूको आवागमनमा अवरोध नहोस् भन्ने सुनिश्चित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.